उपयोग मार्फत संरक्षणको लागि सिफारिस भएका बालीका रैथाने जातहरुको सन्क्षिप्त परिचय
Cover
Year

January 2023

Description

नेपालमा विभिन्न बालीहरूको करिब ३०,००० भुमि–जातहरू भएको मानिन्छ । धेरै ठाउँहरूमा एकरूपीय एकै जातकाे विस्तारले र बजारीकरणकाे लागि दर्ता अनिवार्य भए सँगै धेरै जसाे रैथाने र स्थानीय जातहरू उपेक्षित छन् । र राष्ट्रिय जीन बैंकले ठाँउ बिशेष भुमि–जातहरुलाई किसान, उपभोक्ता र बजारको माग अनुसार सुधार गरि देशको विभिन्न ठाउँहरुमा उपयोगसँगै संरक्षण कार्य गर्दै आएको छ । भुमि–जात सुधार अन्र्तगत उक्त जातहरुको आनुवंशिक सुधारको लागि सहभागिता मुलक बाली प्रजनन् अपनाउदै आएको छ । 

रैथाने जातहरू धेरै किसिमको समस्याहरूसँग जुध्न सक्छन र यसमा सन्तुलत पोषण तत्व पनि पाइन्छ । नेपालको धेरै जसो ठाउँहरूमा उत्पादित ति रैथाने जातहरू पञ्चगुणले भरिपूर्ण भएकाेले राम्रो बजार भएको पनि पाइन्छ । किनबेच साथै अाैपचारिक बीउ प्रणाालमा रैथाने जातहरू समावेश गर्न सके उपयोग मार्फत संरक्षण हुने हुँदा, राष्ट्रिय जीन बैंकले थुप्रै किसान र कृषक समूहहरूलाइ जात दर्ता गराउन सहयोग गर्दै अाएको छ । त्यहि जातहरूकाे बारेमा सबैलाइ सर्वसुलभ जानकार दिन यो पुस्तिका प्रकाशन भएको छ ।