नेपालमा परागसेचन सेवाको अवधारणा तथा व्यवस्थापन: सहयोगी तालिम पुस्तिका
cover pollination
Year

February 2023

Description

प्रस्तुत तालिम पुस्तिकाले कृषि प्राविधिक, विद्यार्थी, कृषि प्रसार कार्यकर्ता र प्रशिक्षकहरुलाई परागसेचन व्यवस्थापनसम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गर्न आवश्यक पर्ने सामग्री र आधारभूत पाठ्ययोजनाहरु प्रदान गर्नेछ । यो पुस्तिका परागसेचन व्यवस्थापनप्रणाली, कृषि पर्यावरण गतिशीलता र परागसेचन सेवा व्यवस्थापनको समग्र ज्ञान प्रदान गर्ने उद्देश्यका साथ तयार गरिएकाले सहभागीहरुले भविष्यमा यी विषयहरु आफैं बुझेर अरूलाई सिकाउन सक्षम हुनेछन् ।

यस पुस्तिकामा समावेश गरिएका पाठ्यक्रमहरुलाई डार्बिन इनिसिएटिभको आर्थिक सहयोगमा सञ्चालन गरिएको परियोजना (नेपालको कृषिप्रणालीमा दिगो परागसेचन व्यवस्थापन परियोजना) को टोलीले तयार पारेको हो । त्यस टोलीमा बेलायतको ब्रिस्टोल विश्वविद्यालय, ली–बर्ड, हर्ड इन्टरनेसनल, नेपालको कृषि तथा वन विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय (केन्द्रीय जीवविज्ञान विभाग) को सहभागिता रहेका थियो । यो पुस्तिका तयार गर्दा केही विषयवस्तुहरु FAO Global Pollination Project (2009–2014) को कृषक पाठशाला पाठ्यक्रमबाट समावेश गरिएका छन् भने अधिकांश विषयवस्तुहरु बेलमन्डको आर्थिक सहयोगमा नेपालको जुम्ला जिल्लामा सञ्चालन भएको माइक्रोपोल परियोजनाको अनुसन्धानात्मक निष्कर्ष र विषयवस्तुसँग सम्बन्धीत विभिन्न लेख तथा प्रकाशनहरुको आधारमा तयार गरिएको छ ।