ग्रामिण नेपालको रुपान्तरणको लागि कोदोजन्य बाली (नीतिसार)
cvr nepali
Year

December 2023

Description

नेपाली कृषि क्षेत्रले विभिन्न चुनौतिहरुको सामना गर्नु परिरहेको छ। खेतिको लगि जमिनको घट्दो उपलव्धता, स्वदेशी कृषि उपजको कमजोर प्रतिस्पर्धात्मक क्षमता र जलवायु परिवर्तन लगायतको कारण, समग्र कृषि उत्पादन र खाद्य सुरक्षामा जोखिमता बढ्दै गएका देखिन्छ। अर्को तर्फ, उच्च क्यालोरीयुक्त र अत्यधिक प्रशोधित खाद्य पदार्थको उपभोगको बढ्दो प्रवृत्ति बालबालिका, किशोर किशोरी र अन्य उमेर समूहका व्यक्तिहरुमा कुपोषण र स्वास्थ्य सम्वन्धि अन्य कतिपय समस्याहरुको प्रमुख कारणको रुपमा देखा पर्दै गएको छ। कोदोजन्य बालीमा आधारित खाद्य प्रणालीको प्रवर्द्धन मार्फत देशमा खाद्य सुरक्षा र पोषण सुधार गर्न सकिने प्रसस्त सम्भावना देखिएको छ। तथापी, नेपालीको खाने बानिमा आएको परिवर्तन लगायत विभिन्न कारणहरुले गर्दा कोदोजन्य बालीहरुको उत्पादन र उपभोग निरन्तर रुपमा घट्दै गइरहेको पाइन्छ।

सिफारिश सारांश

  • राष्ट्रव्यापी प्रचार प्रसार र सचेतना अभियान राष्ट्रव्यापी प्रचार प्रसार र सचेतना अभियान सञ्चालन गर्ने ।
  • कोदोजन्य उत्पादनको न्यूनतम समर्थन मूल्य तोक्ने । साथै कोदोजन्य उत्पादनलाई सार्वजनिक वितरण प्रणालीमा समावेश गर्ने ।
  • सरकारी एवं सार्वजनिक कार्यक्रममा खाजाको रुपमा कोदोजन्य परिकारलाई अनिवार्य गर्ने । 
  • कोदोजन्य उत्पादन, मूल्य अभिवृद्धि, ब्राण्डिङ∙र बजारिकरणलाई आवश्यक अनुदान एवं सुविधा उपलव्ध गराउनुको साथै कोदोजन्य पेय पदार्थलाई नीतिगत मान्यताको पहल गर्ने ।
  • कोदोजन्य बालीको अनुसन्धान र विकासलाई सुदृढ बनाउने ।