Description
रैथाने बाली भनेका त्यस्ता बालीहरु हुन् जुन कुनै कालखण्डमा सम्बन्धित देश वा भूगोलमा उत्पत्ति भई परापूर्वकालदेखि खेती हुँदै आएका छन् । त्यस्ता रैथाने बालीहरुमा धेरैभन्दा धेरै जातीय तथा आनुवांशिक विविधता पाइन्छ । रैथाने बाली र तिनका जातहरुमा स्थान विशेष गुणहरु पनि विकास भएका हुन्छन् । साथै रैथाने बालीहरुले त्यस क्षेत्रको धर्म–संस्कृति, सामाजिक रहन–सहन तथा खाद्य प्रणालीमा विशेष महङ्खव राख्दछन् । जस्तैः कोदोजन्य बालीहरु (चिनो, कागुनो, कोदो, सामा, जुनेलो, आदि), फापर, जौ, उवा, लट्टे, धान, सिमी, इत्यादि नेपालका रैथाने बालीहरु भित्र पर्दछन् (जोशी बालकृष्ण, २०२३) ।