पर्यावरणीय कृषिका असल अभ्यासहरू
cvrflipchart
Year

May 2026

Description

पर्यावरणीय कृषि भन्नाले रैथाने ज्ञान र स्थानीय स्राेतमा आधारित दिगाे तथा प्रकृतिसम्मत खेती प्रणाली भन्ने बुझिन्छ । यो उत्पादनको माध्यमको रूपमा मात्र नभइ, वातावरण, समाज र अर्थतन्त्रसँग जोडिएको एक समग्र प्रणाली हो । यसले परम्परागत ज्ञान, स्थानीय अभ्यास, जैविक विविधता, प्राकृतिक स्रोतहरूको दिगो उपयोग, र किसानको भूमिका तथा अधिकारलाई केन्द्रमा राख्छ। नेपालजस्तो भौगोलिक र सामाजिक विविधता भएको देशमा, पर्यावरणीय कृषिले स्थानीय सन्दर्भअनुसार दिगो, उत्थानशील र समावेशी कृषि प्रणाली विकास गर्न सहयोग गर्छ ।

यस पुस्तिकामा पर्णावरणीय कृषिका असल अभ्यासहरूलाइ समेट्ने प्रयास गरिएको छ ।