Description
विभिन्न परियोजना सञ्चालनको अनुभव तथा विभिन्न दस्तावेजहरूको अध्ययन गरी, खाद्य तथा कृषि सङ्गठनले प्रतिपादन गरेको १० तत्वहरु र उच्च स्तरीय विज्ञहरूको प्यानलले सङ्क्षिप्त गरिएको १३ सिद्धान्तहरूलार्ई, कृषक, कृषि प्रसार कार्यकर्ता र अभियान्ताहरूले पनि सहजै बुझ्ने हिसावले ७ वटा आयामहरूमा पर्यावरणीय कृषि अभ्यास तथा प्रविधिहरूलार्ई प्याकेजिङ गरी छरिएर रहेको विभिन्न प्रविधि र अभ्यासहरूलार्ई एकीकृत गरी एउटा सङ्गठित दस्तावेज निर्माण गर्ने उद्देश्यले यो हाते पुस्तिका तयार गरिएको हो । जलवायु उत्थानशील र दिगो कृषि प्रणाली विकासका लागि पर्यावरणीय कृषि पद्धति सम्बन्धि सैद्धान्तिक, व्यवहारिक ज्ञान र अभ्यासहरू उत्पादक, सेवा प्रदायक र सरोकारवालाहरूको निम्ति सन्दर्भ सामग्रीको रुपमा यो हाते पुस्तिका तयार गरिएको हो । यस पुस्तिकाले पर्यावरणीय कृषिसम्बन्धी प्रविधि र अभ्यासहरूलाई एकै फाइलमा सजिलै पहुँचयोग्य र प्रयोगमैत्री रूपमा उपलब्ध गराउने छ । यो हाते पुस्तक पर्यावरणीय कृषि अभ्यास अवलम्बन गर्न ईच्छुक उत्पादक/कृषक, कृषि प्रसार कार्यकर्ता, र अभियन्ताहरूको लागि मार्गदर्शनको लागि तयार गरिएको हो । विशेषतः तराई क्षेत्रको नदी किनार, बाढी तथा सुक्खा प्रभावित क्षेत्रका लागि यो दस्तावेज उपयोगी रहने छ ।