अछाम र डोटी जिल्लाका लागि भटमासका उत्कृष्ट जातहरू
Screenshot 2022-08-11 141759
Year

January 2020

Description

भटमास एक बहूपयोगी कोसे बाली हो । यो मानवस्वास्थ्य र पोषणका लागि आवश्यक पर्ने प्रोटिन र फलाम तङ्खवको मुख्य स्रोत हो । भटमासका बोटका जरामा गिर्खा हुन्छन् र ती गिर्खामा हुने राइजोबियम ब्याक्टेरियाले माटाको उर्वराशक्ति सुधार गर्न महङ्खवपूर्ण योगदान पु¥याउँदछ । भटमासका बोट पशुवस्तुका लागि पोसिलो घाँसका रुपमा लिइन्छ । अछाम र डोटी जिल्लामा खेती गरिने कोसे बालीहरूमध्ये भटमास प्रमुख बाली हो । यो बाली धानखेतका आलीमा वा मकै, कोदो तथा तिल बालीहरूसँग मिश्रित रुपमा लगाइएको पाइन्छ । सिँचाइको कमी भएका खेतमा धानको सट्टा भटमासको खेती गर्ने चलन बढ्दै गएको स्थानीय कृषकहरूको भनाइ छ । अछाम र डोटी जिल्लामा उत्पादन गरिने दालबालीहरूमध्ये भटमासको हिस्सा ६० प्रतिशतभन्दा बढी छ । केन्द्रीय तथ्याड्ढ विभागका अनुसार अछाम तथा डोटी जिल्लामा आर्थिक वर्ष २०६९/०७० मा क्रमशः २७८ मेट्रिक टन र ४४६० टन भटमास उत्पादन भएको देखिन्छ । तत्कालीन जिल्ला कृषि विकास कार्यालयको प्रगतिप्रतिवेदन अनुसार आर्थिक वर्ष २०७२/०७३ मा अछाम जिल्लाबाट १६७ मेट्रिक टन र डोटी जिल्लाबाट ६० मेट्रिक टन जिल्ला बाहिर निकासी भएको तथ्याड्ढ उल्लेख गरिएको छ ।