Description
यो ब्रोसरमा लेखनाथ नगरपालिका वडा नम्वर ११, सुन्दरिडाँडामा अवस्थित वेगनास रूपा भ्यू टावर तथा सूचना केन्द्रको बारेमा जानकारी समेटिएको छ । उक्त भ्यू टावरमा बेगनास रूपा जलाधार क्षेत्रमा भएका संस्कृती, परम्परा र जैविक विविधताका सूचना तथा जानकारी यहाँ आउने पर्यटकहरूका लागि उपलब्ध छ ।