Description
यो पुस्तिका विषय–सूचीमा उल्लेखित विषयहरूलाई सम्बोधन गर्ने उद्देश्यले साथै विद्यमान पाठ्यक्रममा रहेको रिक्ततालाई परिपूर्ति गर्न तयार पारिएको हो । यसले प्रशिक्षकलाई प्रभावकारी ढङ्गबाट विषयवस्तुमा श्रव्यदृश्यमार्फत प्रस्तुतीकरण गर्न मद्दत गर्नेछ र प्रस्तुतिलाई व्यावहारिक अभ्यास गर्नमा पनि सघाउ पुर्याउँछ । बीउ उत्पादक कृषक तथा कृषि प्राविधिकहरूलाई प्रशिक्षण गर्ने उद्देश्यले यो स्रोत पुस्तिका आधारभूत स्रोतको रुपमा तयार पारिएको हो । यद्यपि यसका विषयवस्तुमा आ–आफ्नो आवश्यकताअनुसार फेरबदल गर्न सकिनेछ । थपघट गर्नुपर्ने विषयहरू प्रशिक्षक आफैँले गर्न सक्दछ । यो स्रोत पुस्तिका खास गरेर सरकारी, गैरसरकारी, विश्वविद्यालय, व्यावसायिक तालिम संस्था र व्यक्तिगत क्षेत्रका संस्था, स्थानीय प्रशिक्षक, बीउ उत्पादक सहकारी तथा समूह, फार्म, सहकारी आदिलाई आधार स्रोतको रुपमा सघाउ पुर्याउने छ । प्रशिक्षार्थीहरू र अन्य कृषकहरूले पनि यस पुस्तिकालाई स्रोतको रुपमा प्रयोग गर्न सक्दछन् ।