Description
व्यवसायिक रुपमा बीउ उत्पादन गर्ने कृषकहरुले लक्षित् बालीको जात छनोट देखि उत्पादित बीउको प्रमाणीकरण सम्मको अवधिमा विविध प्राविधिक एबं व्यवस्थापकीय प्रक्रियाहरु पुरा भए/नभएको सुनिस्चित गर्नुपर्ने हुन्छ | बीउ उत्पादन तथा प्रमाणीकरणका आधारभूत प्रक्रियाहरु पुरा नभएमा उत्पादित बीउ बजारीकरणका लागि योग्य हुँदैन | यसै प्रकिया सहजीकरणका लागि धानका बीउ उत्पादक कृषकहरुलाई लक्षित् गरि यो सम्क्षिप्त जानकरी पत्र तयार पारिएको हो | यस जानकारी पत्रमा बीउ उत्पादक कृषकहरुले मुख्य रुपमा ध्यान दिनु पर्ने प्राविधिक तथा व्यवस्थापकीय कुराहरु समेटिएका छन् | यसमा समावेस भएका जानकारीहरु ली-बर्डको आफ्नो कार्य अनुभव र उपलब्ध प्रकाशनको मिश्रीत संयोजन हो |