Description
यो स्मारिका ली–बर्ड जन्मनुभन्दा पहिलादेखि पच्चीस वर्षे जवान हुँदासम्म प्रत्यक्षअप्रत्यक्ष रूपमा संलग्न व्यक्ति तथा संस्थाका प्रतिनिधि पात्रहरूको नितान्त व्यक्तिगत अनुभव, भोगाइ, रमाइला र उत्साहप्रद क्षणहरू, ली–बर्डप्रतिको आत्मीय भावना र अपनत्वका बारेमा कहीं कतै भनिएका तर नलेखिएका कथाहरूको सँगालो हो । यसमा कतिपय प्राविधिक, प्रशासनिक, व्यवस्थापकीय र सफल साझेदारीका परिदृश्यहरू सँगालिएका छन् भने कतिपय मनको अन्तरकुन्तरमा लुकेर बसेका तर कहिल्यै बाहिर नआएका सुन्दर भावनाहरू छचल्किएका छन् ।