पहिरोबारे बुझौं र बुझाऔं
Landslidecvr
Year

December 2025

Description

पहिरो भनेको जमिनको सतहमा रहेका माटो, ढुंगा, बालुवा आदि सामग्रीहरू एकैचोटि तलतिर खस्ने प्राकृतिक प्रक्रिया हो। यो प्रायः पहाडी क्षेत्रमा देखिने प्राकृतिक प्रकोप हो, मुख्य गरी नेपालको हिमाल देखि चुरे क्षेत्र यस प्रकोप बाट वर्षेनी प्रभावित हुने गरेको छ । यो प्रायः भारी वर्षा, भूकम्प, जमिनको कटान, वा मानवजन्य क्रियाकलाप (जस्तै सडक निर्माण, वन फडानी) का कारणले हुन्छ।

अन्य प्रकोपहरू जस्तै भूकम्प, बाढी, आगलागी आदि विस्तृत क्षेत्रमा वा धेरै ठुलो क्षेत्रमा असर पार्न सक्छन्, तर पहिरो विशिष्ट स्थान वा एक स्थानमा मात्र केन्द्रित र यसबाट हुने क्षती निकै धेरै हुने गर्दछ । यस सम्क्षिप्त जानकरी पत्रमा पहिरो,  यसका पूर्व संकेत, सतर्कताका साथै रोकथामका उपायहरूका बारेमा जानकारी दिने प्रयास गरिएको छ ।