पारिवारिक पोषण र स्वास्थ्यका लागि घरबगैंचा

Authors:

LI-BIRD
Screenshot 2022-08-10 161412
Year

December 2020

Description

मानिसले जति धेरै प्रकारका फलफूल र तरकारीहरू आफ्नो दैनिक खानामा समावेश गर्न सक्यो उति स्वास्थ्य राम्रो हुन्छ भन्ने कुरा विभिन्न अध्ययनले देखाएका छन् । हामीले प्रतिदिन प्रतिव्यक्ति ३०० देखि ३७५ ग्राम ताजा (हरियो साग, गेडागुडी, जरेबाली तथा फल) तरकारी, ५० ग्राम माछा र ५० ग्राम मासु खानुपर्दछ । बजारमा उपलब्ध हुने बासी तथा विषादी प्रयोग गरिएका फलफूल तथा तरकारीका तुलनामा आनै करेसाबारी तथा घरबगैंचामा उत्पादित फलफूल र तरकारी ताजा, पोषिला र स्वास्थ्यकर हुन्छन् । घरबगैंचाले पारिवारिक पोषणका साथै जीविकोपार्जनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । यसले प्राकृतिक प्रकोप र महामारी जस्तैः कोभिड–१९ महामारी, जलवायु परिवर्तनका कारण हुने प्रतिकूल परिस्थितिमा पनि केही मात्रामा तरकारी, फलफूल तथा जडिबुटी उत्पादन गरेर परिवारिक पोषण र स्वास्थ्यमा टेवा पु¥याउँछ । घरबगैंचा भन्नाले ‘परिवारको दैनिक आवश्यकता परिपूर्ति गर्ने उद्देश्यले तरकारी, फलपूmल, जडीबुटी तथा आलङ्कारिक बोटबिरूवा लगाइएको घरवरिपरिको क्षेत्रलाई जनाउँदछ । यसमा साना पशुपन्छी पनि एकीकृत रुपमा पाल्न सकिन्छ । यसको व्यवस्थापन घरसँगै परिवारका सदस्यले नै गर्ने गरेको पाइन्छ ।’ यो एक बहुपद्धतीय तथा बहुआयमिक खेतीप्रणाली भएको कुरा परिभाषाबाट पनि स्पष्ट हुन्छ । घरबगैंचाको आकारप्रकार र क्षेत्रफललाई विभिन्न कुराले असर गर्दछन् । तर शहरी क्षेत्रमा बस्ने समुदायमा प्रायः जमिन कम हुने भएकाले तहगत (थोरै जमिनमा अग्ला र हंोचा बालीहरुको तह मिलाएर) उत्पादनप्रणाली अपनाएर सानो क्षेत्रबाट पनि बढी उत्पादन गर्न सकिन्छ । यो एउटा पर्यावरणमैत्री खेतीपद्धति भएकाले यसले वरीपरिको वातावरणलाई समेत स्वच्छ तुल्याउँछ । घरबगैंचाको व्यवस्थापनले सामाजिक प्रतिष्ठासमेत बढाउँछ ।