ग्रीन कर्णाली परियोजनाको सङ्क्षिप्त विवरण

Authors:

LI-BIRD
gkflyer
Year

January 2023

Description

जलवायु परिर्तनको नकारात्मक असर कम गरी समुदायको जीवीकोपार्जनमा सुधारका लागि जलवायु उत्थानशील पर्यावरणीय कृषिअन्तर्गतका पहलहरुको व्यापक विस्तार गर्नु जरुरी छ । साथै, कर्णाली प्रदेश सरकारले सम्पूर्ण प्रदेशलाई नै अर्गानिक प्रदेशका रुपमा घोषणा गरेको छ । स्थानीय र प्रदेश सरकारसँग मिलेर उत्पादनमा वृद्धि गरी जलवायु उत्थानशील पर्यावरणीय कृषि र पशुपालनको प्रवर्धन गरेर हरित उद्यम र बजारीकरणको सबलीकरणबाट साना किसान र युवाहरुलाई यसप्रति आकर्षिण गर्न सकिने सम्भावनासमेत छ । यिनै कुरालाई मध्यनजर गर्दै, ली–बर्ड र सामुदायिक सेवा केन्द्र (सोसेक) द्वारा ड्यानिडाको आर्थिक सहयोगमा डेन चर्च एड (डी.सी.ए) नेपालसँगको साझेदारीमा सुर्खेत, दैलेख र अछाम जिल्लामा वि.सं. २०७८ पुसदेखि २०८३ पुससम्मका लागि ग्रीन कर्णाली परियोजना सञ्चालन गरिएको छ ।