मुस्कुराउँदै सीमान्तकृत समुदाय (भाग २)
Screenshot 2022-08-10 154508
Year

December 2020

Description

वि. सं. २०७४ असार महिनाबाट थालनी गरिएको पहिलो चरणको कार्यक्रमले वि. सं. २०७७ मङ्सिरसम्म आइपुग्दा प्रत्यक्ष रुपमा ५,७२८ घरपरिवार समेटेको छ भने आगामी वर्षहरुमा थप घरधुरी समेटेर दोस्रो चरणको कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ । पहिलो चरणको कार्यक्रममा सहभागी भएका धेरै घरपरिवारहरुले कार्यक्रमको सहयोग र उनीहरुको मिहिनेतले उनीहरुको परिवारको आर्थिक तथा समाजिक अवस्थामा उल्लेखनीय सुधार ल्याउन सफल भएका छन् । यिनैमध्येका ९९ जना दिदीबहिनी तथा दाजुभाइहरुलाई समेटेर गतसाल ‘मुस्कुराउँदै सीमान्तकृत समुदाय’ प्रकाशन गरिएको थियो । यो वर्ष थप ७५ जनालाई समेटेर ‘मुस्कुराउँदै सीमान्तकृत समुदाय’ भाग २ प्रकाशन गरिएको हो । अतः पहिलो सालमा नसमेटिएका दिदीबहिनी तथा दाजुभाइहरुलाई यसमा समेटिएको छ ।