Description
यो तालिम निर्देशिका ली–बर्डको सामुदायिक बीउ बैंक स्थापना तथा सञ्चालन अनुभवमा तयार पारिएको हो । यो निर्देशिका पाँच दिने तालिम कार्यक्रममा आधारित छ र मूलतः कृषक र कृषि प्राविधिकहरु यसको लक्षित वर्ग हुन् । यसको सञ्चालन वा सहजीकरण सामुदायिक बीउ बैंक स्थापना तथा व्यवस्थापन कार्यमा संलग्न कृषि प्राविधिक तथा अनुसन्धानकर्ताहरुले गर्न सक्ने छन् । वयस्कहरुको सिकाइ सिद्धान्तमा आधारित भएर तयार पारिएको यो निर्देशिकामा बीस वटा सेसन वा पाठहरु छन् भने त्यसमा आधाजसो सैद्धान्तिक र आधा व्यवहारिक सेसन तय गरिएको छ । तालिम अवधिमा सामुदायिक बीउ बैंकको भ्रमण पनि समावेश गरिएको हुनाले आयोजक संस्था तथा सहजकर्ताले तालिम स्थल छनोट गर्दा कुनै सामुदायिक बीउ बैंक नजिक पर्ने गरी छनोट गर्नु वाञ्छनीय हुन्छ ।