जलवायुमैत्री कृषि : तालिम–पुस्तिका
Screenshot 2022-08-10 154045
Year

December 2020

Description

जलवायु परिवर्तनले कृषिमा नकारात्मक असर पारेको छ । बढ्दो कृषिपद्धति र प्राकृतिक स्रोतको चापसँग जुध्नका लागि दिगो कृषि, पर्यावरणीय कृषि र जीविकोपार्जन उत्थानशीलतालाई रणनीतिकका रूपमा प्रयोग गरेर हरितगृह ग्यासको उत्सर्जनलाई कम गर्न जलवायुमैत्री कृषि प्रविधिलाई व्यापक रूपमा प्रर्वदन गरिएको छ । यस तालिम–पुस्तिकाले जलवायुमैत्री कृषिको अवधारणा र विभिन्न भौगोलिक क्षेत्रका लागि उपयुक्त हुने जलवायुमैत्री कृषि प्रविधि र अभ्यासहरूका बारेमा बुझ्न मद्दत गर्दछ । यसका साथै कृषि र जलवायु सम्बन्धी लैङ्गिक समानता, महिलामैत्री प्रविधि र जलवायुमैत्री कृषिनीति ,कार्यक्रम र योजनाका महत्त्वका बारेमा पनि यसमा सङ्क्षिप्त व्याख्या गरिएको छ ।