Description
करार खेतीको मुख्य उद्देश्य कृषि कर्ममा लाग्न चाहने तर जग्गा नभएका वा कम भएका मानिसहरूलाई खेतीयोग्य जमिनमा पहुँच बढाउनु हो । तर यसरी गरिने कृषि कर्मलाई कसरी जलवायु मैत्री बनाउने भन्ने कुरा महत्वपूर्ण छ । जलवायु परिवर्तनले कृषि क्षेत्र प्रभावित छ । साना तथा विपन्न कृषकहरूमा यसको नकारात्मक प्रभाव अझै बढी छ । किनभने उनीहरूसँग यस्तो परिवेशसँग जुध्न सक्ने क्षमता हुँदैन वा कम हुन्छ । अतः जलवायु मैत्री करार खेतीको उद्देश्य पनि यसै कुरासँग सम्बन्धित छ ।