काउली बन्दा खेती प्रविधि
cabbagercvr
Year

May 2023

Description

काउली एक प्रमुख हिउँदे तरकारी बाली हो । यसलाई पकाएर, सुकाएर, अचार बनाएर र विभिन्न प्रकारले खान
सकिन्छ भने पात गाई वस्तुलाई आहारको रूपमा खुुवाइन्छ । काउली तरकारीमा प्रशस्त मात्रामा कार्बोहाइड्रेट, खनिज
पदार्थ, भिटामिनहरु, प्रोटिन आदि तङ्खवहरु पाइन्छ । पोषक तत्वको महत्वका हिसाबले काउली अग्रस्थानमा पर्दछ
भने बन्दा दोस्रो महङ्खवपूर्ण बाली हो । काउली विशेषगरी खनिज तङ्खवका हिसावले राम्रो श्रोत मानिन्छ र प्रोटिन
लगायत भिटामिन बि, सि तथा ए पनि प्रशस्त मात्रामा पाइन्छ ।

काउली खेती पछि बन्दा एक महङ्खवपूर्ण हिउँदे तरकारी बाली हो । नेपालको तराई क्षेत्रमा हिउदमा खेती गरिन्छ भने
मध्य पहाडमा वर्षा सिजनमा खेती गरिंदै आएको छ । यसमा खनिज पदार्थका साथै भिटामिन ए र सी प्रशस्त मात्रामा
पाइन्छ । बन्दामा अल्सर जस्तो रोग कम गर्ने औषधीय गुण र रोग प्रति लड्ने क्षमतामा वृद्धि गर्छ ।