स्थानीय जातको माैरी पालन प्रविधि
mahuricvr
Year

May 2023

Description

नेपालको तराईदेखि उच्च पहाडी क्षेत्रसम्म स्थानीय जातका मौरिका लागि आवश्यक पर्ने उपयुक्त हावापानी र चरन
स्रोत बाह्रै महिना पाइने हुनाले मौरी पालनको लागि प्रचुर सम्भावना छ । मौरीका विभिन्न प्रजातिमध्ये पहाडी भूवनौटमा
एपिस सेरेना जातको स्थानीय (लोकल) मौरी पालन उपयुक्त मानिन्छ । मौरी पालन कृषि र वनमा आधारित व्यवसाय
हो । यसको लागि आवश्यक पर्ने चरण (फूलको रस, पराग) ग्रामीण क्षेत्रमा उपलब्ध हुने हुँदा मौरी पालन विशेष गरी
न्यून आय भएका ग्रामिण भेगका कृषकहरुको आय आर्जन तथा जीविकोपार्जनको उपयुक्त र दिगो आधार हुन्छ । मौरीले गर्ने परागसेचन सेवाबाट वनस्पति जन्य उत्पादनको वृद्धि, जैविक विविधताको संरक्षण, वातावरणमा सकारात्मक प्रभाव हुने हँदा मौरी संरक्षण र विस्तार गर्न आवश्यक देखिन्छ । मेलिफेरा (युरापियन) मौरीबाट उत्पादित महको तुलनामा सेरेना मौरीको मह गुणस्तरीय, र औषधिजन्य रुपमा प्रयोग हुने भएको हुँदा यसको महङ्खव बढ्दै गएको छ ।