Description
पर्यावरणीय कृषि एक वैज्ञानिक पद्धति हो । यसले कृषिलाई समष्टिगत रुपमा पर्यावरण, खाद्यप्रणाली, आर्थिक र सामाजिक परवेश समेटेर अध्ययन गर्दछ । कतिपयले यसलाई कृषिको औद्योगिकीकरणका विरुद्ध जुध्ने, साना कृषकहरुको अधिकारका लागि आवाज बुलन्द गर्ने र खाद्य सम्प्रभुताको पैरवी गर्ने अभियानका रुपमा पनि लिएका छन । विश्व खाद्य तथा कृष सङ्गठनले पर्यावरणीय कृषिलाई कृषि विकासको एकीकृत प्रणालीका रुपमा लिएको छ । यसले खाद्य र कृषि प्रणालीको विकास तथा व्यवस्थापन गर्दा कृषक र आम नागरिकलाई केन्द्रमा राखेर पर्यावरण तथा सामाजिक अवधारणा र सिद्धान्तअनुसार काम गर्दछ भनी परिभाषित गरेको छ । (FAO 2018, 2019)।