Description
लहरे तरकारी बाली भन्नाले काँक्रा, फर्सी, घिरौला लौका, करेला, चिचिन्डो, स्कुस आदिलाई बुझिन्छ । लहरे तरकारी बालीको एक बिरुवामा पनि भाले र पोथी फूल फरक–फरक हुने गर्दछन् । पोथी फूलमा सुरुमै चिचिला बसेको हुन्छ भने भाले फूलमा चिचिला हुँदैन । यी भाले र पोथी फूलहरु फुल्ने समय पनि फरक फरक हुन्छन् । यस्ता लहरे बालीहरुमा भाले फूलको सङ्ख्या बढी र पोथी फूल कम सङ्ख्यामा फूल्ने हँुदा उत्पादनमा कमी हुने समस्या देखिन्छ । भाले फूलबाट निस्कने परागकणलाई मौरी, भमरा लगायत अन्य परागसेचकहरुले पोथी फूलमा पु¥याएर परागसेचन भएपछि मात्र फल अडिने हुन्छ अन्यथा कुहिएर झर्छ । धेरै जसो लहरे तरकारीमा परागसेचन नभएकै कारण फल नलाग्ने वा सानैमा फलका चिचिलाहरु कुहिने सामस्या देखिन्छ । यस्तो समस्यालाई समाधान गर्न मानिस आफँैले कृत्रिम परागसेचन गराइदिने अथवा परागसेचनमा सहयोग पु¥याउन मौरीको घार लगेर राख्नुपर्ने हुन्छ ।
तसर्थ, बोटमा पोथी फूलको सङ्ख्या धेरै भएमा र फुलेका मध्ये धेरै पोथी फूलहरु सेचित भएमा मात्र लहरे तरकारीको उत्पादनमा वृद्धि हुन्छ । लहरे तरकारी बालीमा पोथी फूलको सङ्ख्या बढाउन कृत्रिम हर्मोन जिब्रेलिक एसिड Gibberellic acid) को प्रयोग व्यवसायिक कृषकहरुले गरेको पाइन्छ । कृत्रिम हर्मोन प्रयोग नगरी प्राकृतिक रुपमै लहरे बालीमा पोथी फूलहरुको सङ्ख्या बढाउने प्रभावकारी प्रविधि भनेको तेस्रो पुस्ता कटिङ (Third Generation Cutting/3G Cutting) पनि एक हो ।