राजमा खेती प्रविधि
rajmacvr
Year

May 2023

Description

राजमा एक महत्वपूर्ण दलहन बाली हो । यसमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन ए, खनिज तङ्खवहरु कार्बोहाइड्रेट पाइने हुँदा यसको पोष्टिक महङ्खव बढी छ । राजमाको सुकेको दाना दालका लागि प्रयोग गरिन्छ । नेपालमा राजमा खेती उच्च पहाडमा वर्षे बालीको रुपमा गरीन्छ भने तराई तथा भित्री मधेशमा हिउँदे बालीको रुपमा गरिदै आएको छ । हाल यसलाई नगदे बालीको रुपमा पनि खेती गर्ने गरिएको पाईन्छ । यसको प्रयोग विवाह, भोज तथा पुजा आजामा यसलाई महङ्खवपूूर्ण परिकारको रुपमा लिने गरिन्छ । यो निकै फाइदा जनक र बिक्री गर्न सहज बाली भएकाले यसको खेती क्रमिक रुपमा बढ्दै गएको पाइन्छ । अहिले नेपालमा झण्डै ६,००० हेक्टरमा यसको खेती भइरहेको छ र व्यावसायिक रुपमा चितवन, नवलपरासी, कपिलवस्तु, मकवानपुर, रुपन्देही, बाँके, बर्दिया, सुर्खेत जिल्लाहरुमा राजमा खेती गरिदै आएको छ । साथै यो बालीलाई जङ्गली जनावरले पनि कम क्षति पु¥याउने हुनाले राष्ट्रिय निकुन्जहरुको मध्यवर्ति क्षेत्रका कृषकका लागि राम्रो आम्दानी दिने बाली हो । लगानी कम, उत्पादन बढी र बजार मुल्य बढी भएकोले राजमा खेतीमा कृषकहरु आर्कषण बढेकोे छ ।