खैरो घिउ सिमीः परिचय तथा खेती–प्रविधि
Screenshot 2022-08-18 110336
Year

December 2018

Description

विभिन्न सिमीहरु मध्ये, दोलखा जिल्लाको गौरीशङ्कर गाउँपालिका १ र २ (साबिकको जुगु गा.वि.स.) मा पाइने एक स्थानीय जात हो खैरो घिउ सिमी । समुद्री सतहबाट ९५० मिटरदेखि २२०० मिटरको उचाइसम्म खेती गर्न सकिने यसको खेती हरियो तरकारी र दाना उत्पादनका लागि गरिन्छ । यसलाई बर्षे र हिउँद गरी दुई सिजन खेती गर्न सकिन्छ । हरियोमा कोसे तरकारी र पाकेपछि दानाको दाल, गेडागुडी, बिरम्ला, क्वाँटी र अचारका रुपमा प्रयोग गर्न सकिने यो एक बहुपयोगी बालीमध्ये पर्दछ । हरिया कोसाबाहेक, यसका पाकेका कोसालाई राम्रोसँग घाममा सुकाएर राखी आवश्यक परेको समयमा तातोपानीमा भिजाएर पुनः तरकारी पकाएर खान पनि सकिन्छ, जुन विशेषता अन्य जातका सिमीहरुमा पाइँदैन ।