बाली रोग व्यवस्थापनका लागि ट्राइकोडर्मा
Tricoderma
Year

March 2023

Description

ट्राइकोडर्मा बाली रोगको व्यवस्थापनका लागि विस्तृत अध्ययन भई कृषकहरूले प्रयोग गरिरहेको माटोमा बस्ने एक प्रकारको ढुसी हो । यो ढुसी अन्य ढुसीहरूभन्दा सजिलै फैलिएर आफूुलाई विभिन्न वातावरणमा सजिलै स्थापित गर्न सक्दछ । ट्राइकोडर्माको प्रयोग हरित गृह (Greenhouse) तथा प्लाष्टिक घर (Plastic house) जस्ता नियन्त्रित अवस्थामा बढी प्रभावकारी हुने गर्दछ (Contreras-Cornejo et al.,2016) । तथापि, खुला खेती प्रणालीमा पनि यसको प्रयोग बढ्दो छ । विभिन्न देशका अनुसन्धानकर्ताहरू खुला खेती प्रणालीमा यसको कसरी उपयोगिता बढाउन सकिन्छ भन्ने खोजमा निरन्तर लागिरहेका छन् । ट्राइकोडर्मा सामान्यतया बालीलाई क्षति पु¥याउने धेरैजसो ढुसीहरूको व्यवस्थापनमा उपयोगी भए पनि माटोजनित रोगहरुको नियन्त्रणमा अझ बढी प्रभावकारी पाइएको छ (Timila & Manandhar, 2011;Manandhar & Timila, 2019) ।