माटो निर्मलीकरण : स्वस्थ बेर्ना उत्पादनमा सहयाेगी
soil seed
Year

September 2024

Description

“स्वस्थ जीवनका लागि स्वस्थ बाली र स्वस्थ बालीका लागि स्वस्थ माटो ”, यस भनाइले माटोले बालीको वृद्धि तथा विकासका लागि कृषिको क्षेत्रमा ठूलो महत्त्व बोकेको छ भन्ने सत्यलाई जोड दिन्छ । तर अस्वस्थ र कमजोर माटोले बिरुवाको वृद्धि विकासमा असर पार्छ र बाली उत्पादनमा कमी ल्याउँछ । बाली वृद्धि र उत्पादनका लागि मात्र होइन, माटो, विभिन्न जीवहरू (सूक्ष्म जीव तथा अरु जीव) को बासस्थान पनि हो । 

Coleman (1994) को रिपोर्ट अनुसार एक ग्राम स्वस्थ माटोमा करिब १० लाखदेखि १० करोडसम्म ब्याक्टेरियाहरू, ०.१५-०.५ मिलिग्राम ढुसीजन्य जीव, १०,०००-१००,००० प्रोटोजोआ, केहि सूक्ष्म कीरावर्गका जीव, ५१ – ५०० जुकाका प्रजातिहरू र केही गँड्यौलाहरू हुन्छन् । माटोमा लगातार तथा अत्यधिक मात्रामा रासायनिक विषादीको प्रयोगले गर्दा विभिन्न तत्त्वहरू पुनः प्रयोग र रूपान्तरणमा भूमिका खेल्ने लाभदायक सूक्ष्मजीवहरूको जनसङ्ख्यामा कमी आएको छ (Kalia, 2011; DeLorenzo et al., 2001) । तसर्थ दिगो माटो व्यवस्थापनका लागि कम लागत, दिगो, वातावरण अनकूल र प्राकृतिक समाधानको आवश्यकता हुन्छ जसले माटोको स्वास्थ्यलाई हानी नगरी उच्च उत्पादन दिन सक्दछ ।