अन्नपूर्ण गाउँपालिका, कास्कीमा पाईने धानका स्थानीय जातहरुको सूचीपुस्तिका
RiceCataloguecvr
Year

December 2025

Description

यस सूची पुस्तिकाभित्र अन्नपूर्ण गाउँपालिका कास्कीमा खेती गर्दै आएका ४७ थरिका धानका स्थानीय जातहरू समावेश गरिएको छ । यी धानका जातहरू ‘‘राष्ट्रिय कृषि जैविक विविधता दिवस २०८०’’ को अवसरमा अन्नपूर्ण गाउँपालिकामा आयोजित कृषि जैविक विविधता प्रदर्शनीबाट ५६ थरिका धानका जात सङ्कलन गरिएको थियो । सङ्कलित जातहरूको पारिस्थितिक विविधता छुट्याएर गर्मी सहन सक्ने ३१ जातहरू र चिसो सहन सक्ने २५ जातहरूको क्रमशः अन्नपूर्ण गाउँपालिका वडा नं २ अधिकारी डाँडा र वडा नं ३ को मराम्चेमा (वि.स. २०८१) विविधता प्रदर्शनी स्थलको स्थापना गरियो । अन्ततः कृषक तथा विज्ञहरूद्वारा विभिन्न चरणमा गरिएको अनुगमन पश्चात दोहोरिएका जातहरूलाई हटाई ४७ वटा जातहरू यकिन गरिएको हो । कृषि जैविक विविधता प्रदर्शनीको आयोजना अन्नपूर्ण गाउँपालिका, जैविक विविधता अनुसन्धान तथा विकासका लागि स्थानीय पहल, (ली–बर्ड) तथा गाउँपालिकामा रहेका कृषक समूह तथा कृषि सहकारीहरूको संयुक्त प्रयासमा गरिएको थियो ।

तसर्थ, यस पुस्तिकामा राखिएका सम्पूर्ण जानकारीहरू जैविक विविधता प्रदर्शनीमा कृषकहरूबाट आएको लिखित जानकारी, सरोकारवालाहरूबाट विभिन्न चरणको अनुगमनको क्रममा आएका अनुभव र पृष्ठपोषण एवं विज्ञ टोलीले प्रदर्शनी स्थलबाट लिएको तथ्याङ्कको आधारमा लेखिएका हुन् ।

यस सूची पुस्तिकामा राखिएका सम्पूर्ण धानका जातहरु अन्नपूर्ण सामुदायिक बीउ बैंक, मराम्चे, कास्कीमा संरक्षित छन ।