फेद कटुवा कीरा ब्यवस्थापनका लागि बिरूवा छेकवार प्रविधि: एक स्थानीय विधि
cutwormcvr
Year

October 2023

Description

फेद कटुवा कीराको अंग्रेजी नाम कट वोर्म (Cut worm) हो । यो कीराको चारवटा पूर्णकालिन अवस्थाहरु हुन्छन्ः अण्डा, लार्भा, प्युपा र वयस्क । फेद कटुवा कीरा, कीराका जात नभई झुसिलकीरा (लार्भा) अवस्था हुन् । दिनमा माटो भित्र लुकी रातमा मात्र बाहिर निस्की तरकारी बालीको कलिलो बेर्नालाई फेदबाटै काटिदिने भएकोले यो कीराको नाम फेद कटुवा कीरा रहन गएको हो ।

फेद कटुवा कीराबाट किसानहरु सास्ती परेपछि, कृषि र वन विज्ञान विश्वविद्यालय, इसिमोड, सिप्रेड र ली–बर्डको साझेदारीमा स्थानीय प्रविधिबाट यसको समाधानको लागि कार्यमूलक अनुसन्धान गरिएको थियो । यस अनुसन्धानबाट “बिरुवा छेकवार प्रविधि” को सफल परीक्षण गरिएको छ । खर्च पनि धेरै नलाग्ने र सरल तरिका भएकाले किसानहरु यो प्रविधिलाई अपनाउदै आएका छन् ।