Description
तरकारी खेतीलाई बढी फाइदामुखी बनाउनका लागि सानो जमिनमा नर्सरी स्थापना गरी, बीउको मितव्ययिता अपनाइ,
प्रतिकूल मौसममा पनि स्वस्थ तथा गुणस्तरीय बेर्ना उत्पादन गर्न सकिन्छ । तरकारी खेती दुई किसिमबाट गर्न सकिन्छ;
खेत–बारीमा सोझै बीउ रोपेर तथा नर्सरीमा बेर्ना तयार गरी स्थायी स्थानमा सारेर । कुनै कुनै तरकारीका बीउहरु निकै
साना हुने हुनाले तिनीहरुलाई सोझै तरकारी लगाउने मुख्य बारीमा रोप्नुभन्दा पहिला नर्सरी ब्याडमा उमारी, हुर्किएपछि
मुख्य बारीमा सार्नु पर्दछ । खास गरी गोलभेँडा, भाण्टा, खुर्सानी, भेडेखुर्सानी, काउली, बन्दा, प्याज, रायो आदि तरकारीहरुलाई नर्सरीमा बेर्ना उत्पादन गरी सार्नु पर्दछ ।