लम्पी स्किन रोग Lumpy Skin Disease (LSD)
lumkicvr
Year

August 2023

Description

यो सबै उमेरका गाई तथा भैसीहरुलाई लाग्ने एक प्रकारको सङ्क्रामक तथा सरुवा रोग हो । यस रोगले विशेष गरि गाईलाई असर गर्दछ । यस रोगबाट स्थानीय जातका गाई (Bos indicus) भन्दा उन्नत जातका गाई (Bos taurus) बढी प्रभावित हुने गर्दछन् । यस रोगले मुख्यत पशुको छालामा असर गर्दछ र बिरामी पशुको छालामा गाँठागुठीहरु देखा पर्ने गर्दछन् । अफ्रिकामा उत्पति भएको यो रोग सन् २०१२ पछि मध्य पूर्व, दक्षिण पूर्व युरोप हुँदै एशियाको बङ्गालादेश तथा भारतमा आएको पाइन्छ । यसै गरि नेपालमा मोरङ जिल्लाको सुन्दरहरैचा नगरपालिकाको गाईहरुमा वि.सं २०७७ साल अषाढमा पहिलो पटक देखिएको थियो (First outbreak of LSD in Nepal ) भने रोगको पुष्टि चाहि १२ श्रावण २०७७ (July 27th, 2020) मा गरिएको थियो । हाल यो रोग नेपालको ७७ वटै जिल्लामा देखा परिसकेको छ ।

यस जानकारीमुलक पुस्तिकामा लम्पी स्किन राेग, यसका लक्षणहरू, उपचार र रोकथामका उपायहरूकाबारेमा उल्लेख गरिएको छ ।