लम्पी स्किन रोगबाट सङ्क्रमित पशुहरूको उपचारबारे जानकारी
lumpycvr
Year

August 2023

Description

लम्पी स्किन रोग गाई / गोरु / भैंसीमा क्याप्रिपक्स भाईरस अन्तरगतको लम्पी डिजिज भाईरसका कारण लाग्ने रोग हो । यो रोग सामान्यतया टोक्ने वा रगत चुस्ने झिँगा (डाँस) लामखुट्टे, किर्ना, भुसुना जस्ता किराहरूको टोकाई, सङ्क्रमित पशु एक स्थानबाट अन्यत्र लैजाँदा वा सङ्क्रमित पशुको सम्पर्कमा आएका अन्य पशुमा सजिलै सरी, छोटो समयमा धेरै स्थानमा फैलिन सक्ने प्रकृतिको भएकाले यस रोगको शीघ्र पहिचान तथा नियन्त्रण गर्न आवश्यक छ । हाल नेपालमा अधिकांश जिल्लामा यो रोग देखा परेको सन्दर्भमा फिल्डस्तरमा कार्यरत प्राविधकहरूले सङ्क्रमित पशुहरूको उपचारपका लागि अपनाउन सकिने उपचार प्रयोगका बारेमा यस पोष्टरमा जानकारी समेटेका छन् ।