कालो पात्ले धान : परिचय तथा खेती प्रविधि
cvrkalopatle
Year

December 2024

Description

गण्डकी प्रदेशको अन्नपूर्ण गाउँपालिकाको वडा न. ३ र ४ मा पर्ने मराम्चे, काउनडाँडा, भदौरे र तमागी गाउँका कृषकहरूले सिँचाइकम भएको करिब १.५ हेक्टर जग्गामा पुस्तौपुस्तादेखि खेती गर्दै आइरहेका छन् । यस जातको धानको भुसको रङ कालो हुने हुनाले अरु जातको तुलानामा बादरले कम क्षति गर्ने कृषकहरूको अनुभव छ । साथै आकासे पानीको भरमा पनि राम्रो उत्पादन दिने हुनाले केहि वर्ष यता यो धानलाई धेरै घरधुरीले धेरै जग्गामा खेती गर्दै आएको पाइएको छ । यसै कारण जैविक विविधता अनुसन्धान तथा विकासका लागी स्थानीय पहल (ली-बर्ड) र राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) को सहजीकरणमा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा न ३ मा अवस्थित प्रगतिशील कृषि उत्पादक सहकारी संस्थाले प्रस्तावना तयार गरि दर्ता प्रक्रियामा लागेको हो । यो धानको जात बीउ बिजन नियमावलीको खण्ड घ अनुसार दर्ताका लागि बीउ बिजन गुणस्तर नियन्त्रण केन्द्र मार्फत जातीय उन्मोचन तथा दर्ता समितिबाट २७ जेठ २०८१ को बैठकले अगाडि बढाएको थियो भने ०८ कार्तिक २०८१ मा राजपत्रमा प्रकाशन भएको छ । यस कार्यले रैथाने जातहरूको प्रवर्धनमा टेवा पुर्‍याउनेछ । जातीय शुद्धता कायम रही उत्पादनमा समेत वृद्धि हुनेछ भने स्थानीय महत्त्वपूर्ण धान लोप हुनबाट बचाउन सकिने आशा गरिएको छ । यस जातको संरक्षणले भविष्यमा अन्य चिसो सहने धानका जातहरू विकास गर्न टेवा पुर्‍याउनेछ ।