अनुदानको अवसरका लागि अभिरुचिको अभिव्यक्ति प्रस्तावना (EOI) को आह्वान उत्थानशिलता, अनुकुलन तथा समावेशी नेपाल (RAIN) परियोजना

अनुदानको अवसरका लागि अभिरुचिको अभिव्यक्ति प्रस्तावना (EOI) को आह्वान उत्थानशिलता, अनुकुलन तथा समावेशी नेपाल (RAIN) परियोजना

शीर्षक समुदायमा आधारित संघसंस्थाहरू (CBOs/CSOs) को लागि अनुदानको अवसर
सूचनाको प्रकार अनुदानको अवसरका लागि अभिरुचिको प्रस्तावना (EOI)
सूचना नम्बर EOI-RAIN-२०२५–००३
सूचना प्रकाशन मिति अगस्त १, २०२५
CBOs/CSOs को लागि अभिमुखीकरण अगस्त ६, २०२५, दिउँसो २ बजे देखी
स्थान नरैनापुर गाँउपालिकाको सभा हल
प्रश्न तथा जिज्ञासाहरु बुझाउने अन्तिम मिति प्रश्न बुझाउने अन्तिम म्याद: अगस्त ७, २०२५
प्रश्न बुझाउने ठेगाना: eoi.rain@libird.org
उत्तर सार्वजनिक हुने मिति: अगस्त ८, २०२५, जुन तल दिएको QR कोड स्क्यान गरेर प्राप्त गर्न सकिन्छ।
प्रस्तावना पेश गर्ने अन्तिम मिति अगस्त १०, २०२५, बेलुका ५.०० बजे भित्र (नेपाली समय)
प्रस्तावना पेश गर्ने ठेगाना eoi.rain@libird.org
नतिजा प्रकाशन अगस्त २०, २०२५

 

RAIN “उत्थानशिलता, अनुकुलन तथा समावेशी नेपाल” रेन कार्यक्रम, ब्रिटिश दूतावास काठमाडौं (BEK) अन्तर्गत Foreign, Commonwealth & Development Office (FCDO) को आर्थिक सहयोगमा नेपालको मधेश र लुम्बिनी प्रदेशका उच्च जोखिममा रहेका संकटासन्न तथा सिमान्तकृत समुदायहरुको पूर्व सुचना, पूर्व प्रतिकार्य, जलवायु उत्थानशिल तथा अनुकुलन क्षमता अभिवृत्ति गर्ने कार्यक्रम हो । People in Need -PIN को नेतृत्व र DanChurch Aid -DCA को सह–नेतृत्वमा साझेदार संस्थाहरु ली–वर्ड, सिएसआरसि, प्रेरणाद्वारा यो कार्यक्रम सञ्चालन गरिएको छ ।

RAIN कार्यक्रमद्वारा हाल स्थानियस्तरमा दर्ता भई स्थानिय स्तरमा पूर्व सुचना, पूर्व प्रतिकार्य, जलवायु उत्थानशिल तथा अनुकुलनको क्षेत्रमा कार्य गरेको वा उक्त क्षेत्रमा कार्य गर्ने उद्देश्यका साथ दर्ता भएका समुदायमा आधारित स्थानिय संघसंस्था (CBOs/CSOs) हरूसँग अनुदान मार्फत सहकार्य गर्न अभिरुचिको अभिव्यक्ति (EOI) प्रस्तावना आह्वान गरिएको छ। यो आह्वान RAIN कार्यक्रमको समुदायमा आधारित स्थानिय संघसंस्था (CBOs/CSOs) तथा त्यस्ता सरोकारवालासँग सहकार्य गर्ने प्रतिबद्धताको एक हिस्सा हो, जसले जोखिममा परेका जनसंख्यालाई प्रतिनिधित्व गर्छन् र सेवा पु-याउँछन् ।

ईच्छुक आवेदनकर्ताहरूले तल दिइएको QR कोड स्क्यान गरी वा तलको लिंक मार्फत अभिरुचि प्रस्तावना (EOI) समबन्धि जानकारी र सम्बन्धित कागजातहरू प्राप्त गर्न सक्नुहुने छ । साथै RAIN कार्यक्रमले ईच्छुक आवेदनकर्ताहरू (CBOs/CSOs) को लागि अभिरुचि प्रस्तावना (EOI) लगायत यसका प्रकृया र आवश्कता सम्बन्धि अभमिुखीकरण कार्यक्रम अगस्त ६, २०२५, दिउँसो २ बजे देखी नरैनापुर गाँपालिकाको सभा हलमा आयोजना गर्नेछ ।

लिंक: https://libird.org/wp-content/uploads/EOI_3rd_lot-Nepali-August_1.docx

QR Code

 

सुचना प्रकाशनको मितिबाट १० (दश) दिनभित्र प्रस्तावना पेश गर्न सकिनेछ । ईच्छुक संघसंस्थाहरूले आफ्नो अभिरुचि प्रस्तावना तल उल्लेखित कागजातहरू संलग्न गरी अगस्त १०, २०२५ भित्र वा सो मितिभन्दा अगाडि निम्न इमेल ठेगानामा पठाउन अनुरोध गरिन्छ । उक्त मिति भन्दा ढिलो पेश भएका आवेदकहरुलाई समावेश गरिने छैन ।

प्रस्तावना पेश गर्ने इमेल eoi.rain@libird.org

पेश गर्नुपर्ने कागजातहरुः

१.     संस्थाको लेटरहेडमा अनुसूची १ अनुसार तयार पारिएको पत्र
२.     अनुसूची २ अनुसार संस्थाको संक्षिप्त परिचय
३.     अनुसूची ३ मा उल्लेखित संस्थागत दस्तावेजहरू
४.     अभिरुचिको अभिव्यक्ति प्रस्तावना पेश गर्ने सम्बन्धमा कार्य समितिको निर्णयको प्रतिलिपि

अभिरुचिको अभिव्यक्ति प्रस्तावना मुल्याङ्कनका मापदण्डहरूः

RAIN कार्यक्रमले प्राप्त अभिरुचिको अभिव्यक्ति प्रस्तावनाहरूलाई निम्न मापदण्डहरूको आधारमा मूल्याङ्कन गर्नेछ। मूल्याङ्कनमा सफल भएका संस्थाहरूलाई अनुदान प्राप्तिको प्रक्रिया अन्तर्गतको अर्को चरणमा सहभागी हुन आमन्त्रण गरिनेछ । अभिरुचि प्रस्तावना (EOI) प्रकृयाको नजिता अगस्त २०, २०२५ भित्र सार्वजनिक गरिनेछ । सम्बन्धित स्थानिय तहहरुको सूचनापाटीमा नतिजा टांस गर्नुका साथै RAIN कार्यक्रमले प्रत्येक आवेदनकर्ताहरुलाई सफल वा असफल जे भए पनि नतिजा इमेल मार्फत जानकारी दिनेछ ।

क) संस्थाको दर्ता तथा नविकरणको स्थिति 

जिल्ला प्रशासन कार्यालय वा सम्वन्धित पालिकामा दर्ता भएको, चालू आर्थिक वर्षको नविकरण गरिसकेको, स्थायी लेखा नम्बर (PAN/VAT) प्राप्त गरेको, अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र प्राप्त गरेको ।

ख)    विगतको कार्यसम्पादनः

समुदायस्तरमा परियोजना कार्यान्वयन गरेको अनुभव, विशेष गरी विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन, पूर्वसुचना, पूर्व प्रतिकार्य, सामाजिक समावेशिता, प्रकृतिमा आधारित समाधान, अनुकूलन आदि क्षेत्रमा कार्यानुभव भएको । 

ग)    संस्थागत क्षमताः

सक्रिय कार्यकारी समिति, महिला तथा सिमान्तकृत समूहका प्रतिनिधिहरूले नेतृत्व वा कार्यकारी समितिमा समावेश, पर्याप्त कर्मचारी व्यवस्था, स्पष्ट संस्थागत नीतिहरू (जस्तैः वित्तीय, बाल/महिला संरक्षण, भ्रष्टाचारविरोधी, मानव संसाधन, खरिद प्रक्रिया आदि) रहेको ।

नोटः यो अभिरुचिको अभिव्यक्ति प्रस्तावना आह्वानले RAIN कार्यक्रम, यसको कार्यान्वयन साझेदारहरू वा FCDO को तर्फबाट कुनै प्रकारको अनुदान प्रदान गरिने वा सम्झौता गरिने सुनिश्चितता जनाउने छैन । साथै, अभिरुचिको अभिव्यक्ति प्रस्तावना पेश गर्दा लाग्ने कुनै पनि खर्चको भुक्तानी गरिने छैन । यदि कुनै आवेदन कार्यक्रमको र FCDO को सर्वोत्तम हितमा ठहरिन्छ भने RAIN कार्यक्रमले प्राप्त अभिरुचिको अभिव्यक्ति प्रस्तावनाहरूमध्ये कुनै पनि प्रस्ताव अस्वीकार गर्ने, वा थप छलफल वा वार्ताविना कुनै प्रस्तावलाई चयन गर्ने अधिकार सुरक्षित राख्दछ ।