रैथाने बीउ जोगाउन र उत्पादन बढाउन सामुदायिक बीउ बैंक (जानकारी पत्र)
Screenshot 2022-08-11 113521
Year

May 2020

Description

नेपालको विविधतायुक्त हावापानी तथा भौगोलिक वनावट; धार्मिक, सांस्कृतिक तथा जातीय विविधता र कृषकहरुले पुस्तौंदेखि परम्परागत विधि तथा तौरतरिका अपनाई बीउ तथा विरूवाको छनोट, एकआपसमा साटासाट र विस्तार गर्दै खेती गरिने प्रचलनले गर्दा हजारौं जातका रैथाने बीउहरुको विकास भएको हो । यो हाम्रा पुर्खाहरुले हजारौं वर्षसम्म कृषिकार्य निरन्तर गर्दाको प्रतिफल हो । रैथाने बीउहरु कृषि अनुसन्धान केन्द्रमा विकास गरिएका होइनन् तर कृषि अनुसन्धान र विकास कार्यमा रैथाने जातहरुको विशेष महत्व छ ।