Description
जलवायु परिवर्तन विश्वव्यापी रूपमा देखिएको समस्या हो । यसबाट विकसित राष्ट्रहरूको तुलनामा विकासोन्मुख राष्ट्रहरू बढी प्रभावित भएका छन् । विश्वको कुल हरितगृह ग्याँस उत्सर्जनमा नेपालले लगभग ०.२७ प्रतिशत हरितगृह ग्याँसको उत्सर्जन गर्दछ र जिवाश्म इन्धन मार्फत कार्बनडाइअक्साइड (CO2) उत्सर्जन गर्ने राष्ट्रहरूमा १०९ अाैं स्थानमा पर्दछ । त्यसैगरी नेपाल जलवायु परिवर्तनका प्रतिकूल असरहरूको जोखिम उच्च रहेको राष्ट्रहरू मध्य चाैंथाे स्थानमा पर्दछ । नेपालको भाैगाेिलक विविधता, कमजोर भौगर्भिक बनावट, संवेदनशील पारिस्थितिकीय प्रणाली तथा सुक्ष्म जलवायु क्षेत्रहरूको विविधता जलवायु परिवर्तनका असहरूको मुख्य कारणहरू हुन् ।