बोलपत्र आह्वान (Call for Bid)

LiBird Vacancy Banner

बोलपत्र आह्वान (Call for Bid)

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) वि.सं. २०५२ मा पोखरामा स्थापना भएको राष्ट्रिय स्तरको गैरसरकारी संस्था हो । ली–बर्ड प्राकृतिक स्रोतहरूको दिगो व्यवस्थापनका लागि स्थानीय प्रयासहरूको पहिचान तथा प्रवर्द्धनका माध्यमबाट ग्रामिण भेगमा बसोवास गर्ने महिला, गरीब तथा सिमान्तकृत कृषक समुदायको जिविकोपार्जनमा सुधार ल्याउन प्रतिबद्ध छ ।

लि–बर्डद्वारा सञ्चालित The Green Evolution: Pathways to transforming food systems परियोजनाका लागि निम्न सामग्रीहरू खरिद गर्नुपर्ने भएकोले इच्छुक तथा योग्य विक्रेतालाई यो सूचना प्रकाशित भएको मितिले १४ (चौध) दिन भित्र ली–बर्ड प्रधान कार्यालय, पोखरा–१२, कास्की अथवा ली–बर्ड कार्यक्रम समन्वय कार्यालय, सानेपा, ललितपुरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्नको लागि आह्वान गरिन्छ ।

आवश्यक कृषि सामग्रीहरूको विवरण

9k=

पेश भएका बोलपत्र स्वीकृत गर्ने वा नगर्ने अन्तिम निर्णय गर्ने अधिकार ली–बर्डमा सुनिश्चित रहने छ । शिलबन्दी बोलपत्र संस्थाको केन्द्रीय कार्यालय, पोखरा अथवा कार्यक्रम समन्वय कार्यालय, सानेपामा मिति २०८२ कार्तिक ०२ गते बेलुका ५:०० बजेभित्र दर्ता गराउनु पर्नेछ । बोलपत्र आवेदन फाराम (प्राविधिक फारम र वित्तिय फारम) मा संलग्न विवरणहरू तथा तिनमा उल्लेखित शर्तहरूलाई यसै सूचनाको अभिन्न अङ्ग मानी अनिवार्य रुपमा पूरा गर्नुपर्नेछ । प्राविधिक फारम र वित्तिय फारम मिति २०८२ असोज १९ गतेबाट २०८२ असोज ३१ गते विहान ९ बजे देखि बेलुका ५ बजेसम्म (शनिबार र आईतबार अफिस बन्द रहनेछ) ली–बर्डको केन्द्रीय कार्यालय, पोखरा तथा ली–बर्डको कार्यक्रम समन्वय कार्यालय, सानेपाबाट प्राप्त गर्न सकिनेछ ।

नोटः यो खरिद प्रक्रियालाई कुनै पनि चरणमा संशोधन, स्थगित अथवा रद्द गर्ने अधिकार ली–बर्डमा सुनिश्चित रहनेछ र बोलपत्र तयार पार्ने तथा पेश गर्ने क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित बिक्रेताले स्वयं व्यहोर्नु पर्नेछ ।

अन्य जानकारीको लागि:
ली–बर्ड कार्यालय,
पोखरा–१२, कास्की
टेलिफोन नं.:– +९७७–६१–५७६८३४, ५८५३५७
वेभसाइटः www.libird.org