Description
यो तालिम स्रोत पुस्तिका तयारी मूलतः सामाजिक र आर्थिकरुपमा पिछडिएका वा पछि पारिएका समुदायका मानिसहरूको पोषण, स्थास्थ्य तथा सरसफाइको अवस्था सुधारका लागि तयार पारिएको हो । यसको मुख्य लक्षित समुदाय बालबालिका, किशोर किशोरी र प्रजनन अवधि उमेरका महिलाहरू हुन् । विकास कोष नर्वेको आर्थिक सहयोगमा जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड)द्वारा सञ्चालित ‘सीमान्तकृत समुदायको जीविकोपार्जन सुधार तथा समानुवूmलन क्षमता अभिवृद्धि कार्यक्रम’ मार्फत यो स्रोत पुस्तिका तयार पारिएको हो । पोषण पाठशालाको अवधारणा तयार भएपछि पुस्तिका प्रकाशन अगावै यस अवधारणाको परीक्षणका लागि बर्दिया, कैलाली र हुम्ला जिल्लाका मुक्त कमैया, विपन्न तथा सीमान्तकृत समुदायमा वि.सं. २०८० देखि २०८२ सम्म ५७ वटा पोषण पाठशाला सञ्चालन गरिएको थियो जसमा १५४३ जना किशोर किशोरी, गर्भवती महिला र पाँच वर्षमुनिका बालबालिका भएका आमाहरु सहभागी रहेका थिए । यी पाठशाला सञ्चालन पश्चात् यसको नतिजा सकारात्मक आएपछि ली–बर्डद्वारा सञ्चालित अन्य परियोजना र पोषणको क्षेत्रमा कार्यरत अन्य सङ्घसंस्थाहरूलाई पनि उपयोगी हुने देखिएकाले यो निर्देशिका प्रकाशन गरिएको हो ।