उवाखेती र बीउ उत्पादन प्रविधि

Authors:

Min Nath Poudel
Screenshot 2022-08-22 152715
Year

January 2016

Description

मानिसले खेती गरेका बालीमध्ये उवा सबभन्दा पुरानो बालीमा पर्दछ । उवा (Naked barley) अर्थात मुडुले जौ अथवा जौ (Barley) दुबैलाई एकीकृत रूपमा जौ भनिन्छ । नेपालमा धान, मकै, गहुँ, र कोदो पछि उत्पादन र क्षेत्रफलका हिसाबले जौ पाँचौं स्थानमा पर्ने खाद्यान्न बाली हो । उवाको वैज्ञानिक नाम Hordium vulgare हो । उवाखेती नेपालको तराईदेखि ४,००० मिटर उचाइसम्म गर्न सकिन्छ भने उवा नेपालको उच्च पहाड (२,००० मिटरभन्दा बढी उचाइ भएका पहाडी र हिमाली प्रदेशमा) खेति गरिन्छ । यसकारण उवा खाद्य असुरक्षा भएका यी पहाडी तथा हिमाली क्षेत्रका लागि महत्त्वपूर्ण बाली हो ।