Description
सलह समूह वा बथानमा बस्न मन पराउने, छोटो सिङ र पछाडिका खुट्टा दह्रो भएको फट्याङ्ग्रा प्रजातिको कीरो हो । यसको अपरिपक्व वयस्क गुलाबी र परिपक्व वयस्क पहेंलो रङगको हुन्छ l यो झण्डै चोर औंला आकारको हुन्छ । सलह कीरा समूहमा उड्ड्छ र एक किलोमिटरको हुल वा बथानमा ४ करोडभन्दा बढी सङ्ख्मा हुने गर्दछ । कुनै कारणवश झुण्ड तितरवितर हुँदा सानो समूहमा पनि आउन सक्छ l सलहको समूह हावाको वहावसँगै एक दिनमा करिब १ सय ५० किलोमिटरसम्म उड्ड्न सक्दछ । सूर्या र्यास्तदेखि सूर्योदय नभइन्जेलसम्म सलहले रूख बिरुवामा समूहमै आश्रय लिएर बस्ने गर्दछ । सूर्योदयपश्चात् यसले आश्रय लिएको स्थानवरपरका बालीनाली, घाँस, झारपातलगायत सबै किसिमका बोटबिरुवाका कलिला मुना, पात, डाँठ खाइदिन्छ । बादल लागेको र पानी परेको समयमा भने सलह कम चलायमान हुने भएकाले यसले गर्ने क्षति पनि कम हुन्छ । यसले प्रतिदिन आफ्नो शरीरको तौल बराबरको खाना खाने हुँदा यसको एक झुण्ड ले करिब ३ देखि ४ घण्टा का अवधिमा ३५ सय मानि सलाई एक दिनका लागि पुग्ने खाना बराबरको बाली नोक्सान गर्न सक्दछ । यसका प्रकोप खास गरी जेठदेखि असोज महिनासम्म बढी हुने गर्दछ । यसअघि नेपालमा सलह करिब ७० वर्ष वर्ष पहिला देखिएको थियो । लामो उडान गर्न सक्ने क्षमता, धेरै अण्डा पार्ने, लामो जीवनचक्र र खन्चुवचुवा प्रवृतिले गर्दा सलह विनाशकारी कीरामा पर्दछ ।
सलहका बारेमा थप जानकारी तथा यसकाे व्यवस्थापनका निम्ति गर्न सकिने उपायहरूका बारेमा यस पोष्टरमा प्रस्तुत गरिएको छ ।