Description
कृषक पाठशालाको सुरुवातमा सहभागीहरूले बाली र जातहरूको प्राथमिकता र आवश्यकताहरू सामुहिक निदान गर्दछन् र यसैको आधारमा उनीहरूले सहमतिमा प्रजनन उद्देश्यहरूको सुची निर्धारण गर्दछन् । प्रजनन उद्देश्यहरू कृषकले बालीमा रुचाएका वा खोजेका गुणहरूलाई जनाउदछ जस्तै छिटो परिपक्क हुने (मकै ), नढल्ने र खान मिठो हुने (धान), सुक्खा सहन सक्ने (गहुँ ) आदि हुन् । कृषकहरूले त्यस वर्ष अभ्यास गर्ने उपयुक्त प्रजनन वा छनौट विधि निर्णय गर्नु भन्दा पहिले बालीको रुचाएका गुणहरू समुदायमा उपलब्ध जातहरूमा छन् वा छैनन त्यसको मूल्याङ्कन गर्न अत्यावश्यक पर्दछ ।