प्राङ्गारिक कृषिका लागि झोलमल बनाउने र प्रयोग गर्ने विधि
Screenshot 2022-08-10 174320
Year

August 2020

Description

झोलमल विभिन्न प्रकारका हुन्छन् । सामान्यतया बाली लगाउनुअघि जग्गा तयारी गर्दा झोलमल–१, रोग नियन्त्रणका लागि झोलमल–२ र कीरा नियन्त्रणका लागि झोलमल–३ प्रयोग गरिन्छ (Joshi et al., 2016) । झोलमल–१, झोलमल–२ र झोलमल–३ को प्रयोग बढाउन सकिएमा केही हदसम्म रासायनिक मल तथा विषादी प्रयोग क्रमशः कम गर्दै लान सकिने सम्भावना छ । यस्ता अभ्यासहरूबाट प्राङ्गारिक कृषि उपजको बढ्दो माग, स्वस्थ खाद्यान्न उत्पादन र स्वस्थ पर्यावरणमा टेवा पुर्याउन सकिन्छ । झोलमल करेसाबारी तथा घरबगैंचामा उत्पादन गरिने तरकारी बालीमा उपयुक्त हुन्छ । यस पर्चामा झोलमल–१, झोलमल–२ र झोलमल–३ बनाउने र प्रयोग गर्ने विधिका बारेमा चर्चा गरिएको छ ।