Description
कोभिड १९ को महामारीबाट सिर्जीत विश्वब्यापी विपद र तयसको नियन्त्रणका लागि नेपाल सरकारले पटक पटक घोषणा गरेको बन्दाबन्दीको कारणबाट संस्थाको दैनिक कार्य सञ्चालनमा असर परेको छ । परियोजनाका गतिबिधिहरू लगभग २ महिना देखि प्राय ठपप भएका छन् । नेपाल सरकारले बन्दाबन्दीलार्इ बिस्तारै अांशिक रूपमा खुकुलो पार्दै जनजीवन सुचार गर्ने र रणनीति लिएको भएता पनि कोभिड १९ बाट संक्रमित हुनेको संख्या दिनप्रति दिन बढ्ने क्रममा रहेकाले अावतजावतमा थप कडार्इ गरिएको छ । कोरोना महामारीको बावजुद पनि बिभिन्न परियोजना अन्तर्गत कृषिका कामहरू मोसम अनुसार नै सञ्चालन गर्नु पर्ने भउकाले ली-बर्डका कमर्चारीहर कोरोना भाइरसको सम्भावित संक्रमणाबाट जोगिदै समुदायमा परिचालित हुनुपर्ने अवस्था सृजना भएको छ । यस सन्दर्भमा, सबे कर्मचारीको व्यक्तिगत सुरक्षाा तथा सम्भावित जोखिमलार्इ मध्यनजर गरी एक लाख बिमांक रकमको कोरोना बिमा समेत गरिएको छ । यस विषम परिस्थितीमा कर्मचारीहरले दैनिक कार्य सञ्चालन गर्दा कोरोना भाइरसको संक्रमणबाट बचेर काम गर्नु पर्ने भएकाले सो क्रममा अपनाउनु पर्ने व्यक्तिगत तथा सामुहिक सुरक्षााका लागि मार्गनिर्देश गर्न यो निर्देशिका तयार गरी जारी गरिएको छ ।