२१ औं बार्षिक साधारण सभा तथा सामाजिक परीक्षण २०७२

२०७२ असाेज १० गते, अाइतबार, पाेखरा ।  

जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड), असाेज महिना देखि २१ बर्षमा प्रवेश गरेकाे छ । साेही अवसरमा ली–बर्डले २१ औं बार्षिक साधारण सभा तथा संस्थाको सामाजिक परीक्षण  कार्यक्रमकाे आयोजना गरेकाे छ ।

‘स्वस्थ मानिस, खाध्य सुरक्षित समाज र आत्मसम्मानजनक जीवन’ ली–बर्ड परिकल्पना गर्दछ l वि.सं. २०५२ सालमा कास्की जिल्लामा गैरसरकारी संस्थाको रुपमा स्थापना भई देशका विभिन्न भौगोलिक क्षेत्रमा कार्यरत ली–बर्ड २१ वर्षसम्म आईपुग्दा यसले दक्षिण एशिया, अफ्रिका र मध्य अमेरिकी देशहरुमा विभिन्न परियोजनाहरू सञ्चलान गरिसकेको छ भने श्रीलंका र बंगलादेशमा कार्यक्रम सञ्चालन गरिरहेको छ l ली–बर्डले सञ्चालन गरेका कार्यक्रमहरुको बृहत प्रभावका लागि बहुसरोकारवालासँगको समन्वयलाई प्राथमिकता दिएको छ । सहभागितामूलक अनुसन्धान र विकासका पद्धति अपनाई प्राकृतिक स्रोतहरुको दिगो व्यवस्थापन गर्दै, ग्रामीण भेगमा बसोवास गर्ने गरिव तथा सिमान्तकृत कृषक समुदाय, विशेष गरी महिलाहरूको जिविकोपार्जन सुधारमा टेवा पुर्याउनु ली–बर्डको लक्ष्य हाे ।

ली–बर्डले सरकारी तथा गैरसरकारी सङ्घ–संस्थाहरुसँगको सहकार्यमा हालसम्ममा २०९ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । ली–बर्डले सञ्चालान गर्ने परियोजनाहरु मुख्य ३ रणनीतिक कार्यक्रमहरू ‘जिविकोपार्जन सुरक्षाका लागि कृषि अन्वेषण’, ‘दिगो जिविकोपार्जनका लागि जैविक विविधता’ र ‘जलवायु परिवर्तनमा सामुदायिक समानुकूलन’ सँग सम्बन्धित छन् । यी कार्यक्रमहरूकाे गुणस्तरीय कार्यन्वयनका लागि ३ अन्तर्सम्बन्धित कार्यक्रमहरू ‘समावेशी प्रभावका लागि सामाजिक अनुसन्धान तथा नीतिगत  पैरवी’, ‘लैंङ्गिक समता तथा सामाजिक समावेशीकरण’ र ‘वृहत प्रभावका लागि ज्ञान व्यवस्थापन तथा क्षमता अभिवृद्धि’ रहेका छन् ।

ली–बर्डका समुदायमा आधारित जैविक विविधता व्यवस्थापन दक्षिण एशिया कार्यक्रम, घरबगैंचा परियाेजना चाैंथाे चरण, हुम्ला विकास पहल, वहुसरोकारवाला वन कार्यक्रम, बेगनास ताल रुपाताल जलाधार संरक्षण, पारिवारीक कृषि पुनर्निर्माण कार्यक्रम, सबल समुदाय कार्यक्रम, गह्रे खेती सुधारका लागि कृषिमैत्रि प्रविधि, जिविकाेपार्जनका लागि बीउ, खाध्य अधिकार, जलवायु मैत्री कृषि कार्यक्रम आदि गरी ४१ वटा परियोजनाहरु नेपालका ४१ जिल्लाहरूमा सञ्चालित छन् । यी जिल्लाहरुका केही नगरपालिका सहित ३ सय ७५ वटा गाउँ विकास समितिहरूमा सञ्चालित यी परियोजनाहरु मार्फत २ लाख १२ हजार ६ सय ६५ घरधुरीहररू लाभान्वित भएका छन् l ‘समुदायमा आधारित जैविक विविधता व्यवस्थापन परियोजना’  बंगलादेश र श्रीलंकामा पनि सञ्चालित छ । यी परियोजनाहरु कार्यान्वयन गर्ने क्रममा गत आर्थिक वर्ष  २०७१/७२ मा ३७९ जना कर्मचारीहरु अावद्ध थिए । यी मध्ये १४७ ली–बर्डका पूर्णकालीन कर्मचारी हुन् भने १५२ जना ली–बर्डको स्थानीय साझेदार संस्थाहरुमा कार्यरत थिए l त्यसैगरी ६७ जना आंशिक कर्मचारी मध्ये ५२ जना ली–बर्डमा र १५ जना साझेदार संस्थाहरुमा कार्यरत थिए ।  यस अवधिमा १३ जना इन्टर्नहरू पनि ली–बर्डमा कार्यरत थिए ।

ली–बर्डले स्थानीय तहमा मूलत: कृषक, कृषक समूह, सामुदायिक बन उपभोक्ता समूह, कृषि सहकारी, कृषि, वन तथा वातावरण समितिहरु मार्फत परियोजनाका क्रियाकलापहरु सञ्चालन गर्दछ l त्यसैगरी सरकारी निकाय अन्तर्गतका गाउँ विकास समिति, नगरपालिका, जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला भू–संरक्षण कार्यालय र उद्योग बाणिज्य सङ्घहरुसँग समन्वय गरि कार्यक्रम सञ्चालन गर्दछ l राष्ट्रिय स्तरमा कृषि विभाग, कृषि विकास मन्त्रालय, पशु सेवा विभाग, वन तथा भू–संरक्षण मन्त्रालय, विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), कृषि तथा वन विश्वविद्ध्यालय, त्रिभुवन विश्वविद्ध्यालय, पोखरा विश्वविद्ध्यालय  र मातहतका निकायहरुसँग समन्वय गरी कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । त्यसैगरी विभिन्न अन्तर्राष्ट्रिय विश्व विद्ध्यालयहरू जस्तैः हवार्इ विश्व विद्ध्यालय, एरिजाेना स्टेट युनिभर्सिटी र ग्वेल्फ युनिभर्सिटीसँगकाे सहकार्यमा अनुसन्धानका कार्यहरू भएका छन् ।

ली–बर्डलाई आर्थिक सहयोग प्रदान गर्ने दातृ निकायहरुमा मूलतः विकास कोष नर्वे (Development Fund, Norway), स्वीस सरकार विकास सहयोग (SDC), फिनल्याण्ड सरकार (Finland Government), विश्व वातावरण कोष (GEF), बायोभर्सिटी इन्टरनेशनल (Bioversity International), कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोष (IFAD), अन्तर्राष्ट्रिय विकास अनुसन्धान केन्द्र (IDRC), क्यानडा सरकारको परराष्ट्र मामला, व्यापार र विकास विभाग (DFATD), अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी संस्था (USAID), डायाेकाेनी क्याटाेस्ट्राेफीन् हील्फे (DKH), जलवायु तथा विकास सम्बन्धि ज्ञान सञ्जाल (CDKN), केएर नेपाल (CARE Nepal), डेनीस चर्च एड (Danish Church Aid), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (DFID), युएससी क्यानडा (USC Canada) अादि रहेका छन् । ली–बर्डले आर्थिक बर्ष २०७१/०७२  मा यी विकास साझेदार संस्थाहरुबाट ली–बर्डले प्राप्त गरेको ३४ कराेड ५७ लाख ४ हजार ६५ रूपैंया अार्थिक सहयाेग र अा.व. २०७०/०७१ को बाँकी माैज्दात २ कराेड ४० लाख १७ हजार ४ सय ८६ रूपैंया गरी जम्मा ३६ कराेड ९७ लाख २१ हजार ५ सय ५२ रूपैंया मध्ये आ.व. २०७१/०७२ मा कार्यक्रम कार्यन्वयनमा २७ कराेड २९ लाख २७ हजार ७ सय ३१ रूपैंया र प्रशासनिक व्यवस्थापन तर्फ ७ कराेड ५५ लाख ८ सय ९९ रूपैंया गरी जम्मा ३४ कराेड ८४ लाख २८ हजार ६ सय ३१ रूपैंया खर्च गरेकाे छ । नेपाल सरकारको आयकर ऐन अनुसार हरेक बर्ष ली–बर्डले कर कार्यालय, कास्कीमा विभिन्न शिर्षकमा कर तिर्दै आएको छ । आ.व. २०७१/०७२ मा  ली–बर्डले ५८ लाख ५५ हजार ४ सय ९ रुपैंया कर तिरेको छ ।

ली–बर्डले हासिल गरेका नयाँ ज्ञान, अन्वेषण प्रविधि, असल अभ्यास र सिकाइहरु यसका लक्षित समूह, साझेदार संस्थाहरु, अनुसन्धानकर्ता र बिद्यार्थीहरुसम्म पुर्याउने उद्देश्यका साथ वि.सं. २०५८ साल असोजदेखि आफ्नै रेडियो कार्यक्रम ‘ली–बर्डको चौतारी’ सञ्चालन गरिरहेको छ । नेपालका विभिन्न १४ वटा एफएम रेडियो स्टेसनहरुबाट प्रत्येक शुक्रबार बेलुकी ७ः१५ देखि ७ः३० बजे एकैसाथ प्रसारण हुने यस कार्यक्रममा कृषि, जैविक विविधता, वन र जलवायु परिवर्तन विषयक विभिन्न लेख, समाचार, सफलताका कथा, सामाजिक सचेतना फैलाउने सन्देश, असल अभ्यास तथा जनचेतनामूलक नाटकहरू प्रसारण हुँदै आएका छन् ।

ली–बर्डले अार्थिक बर्ष २०७१/७२ मा हासिल गरेका उल्लेखनीय पहल तथा उपलब्धीहरू यसप्रकार रहेका छन्ः

  • नयाँ वर्ष २०७२ सालकाे थालनीमा नै हाम्रो देश शोकमा डुब्यो । बैशाख १२ गते गएकाे महाभूकम्पका कारण देशले ठूलाे भाैतिक, अार्थिक, सामाजिक र मानवीय क्षति व्यहोर्नु पर्यो । याे शाेककाे घडीमा ली-बर्डले संस्थाका नियमित गतिविधिहरूलार्इ थाति राखी संस्थाका कर्मचारी, विकास साझेदार संस्था, साधारण तथा संस्थापक सदस्यहरू र राष्ट्रिय–अन्तर्राष्ट्रिय शुभचिन्तकहरूकाे अार्थिक तथा जिन्सी सहयाेग मार्फत भूकम्पबाट प्रभावित घरधुरीहरूलाई राहत सामाग्रीहरु उपलब्ध गरायो । यस क्रममा १२ जिल्लाका ४० वटा गाउँ विकास समिति र एक नगरपालिका गरी १५ हजार ४ सय ६३ घरधुरीहरूलार्इ ३ कराेड बराबरकाे राहत सामग्रीहरू (तत्कालिन आवश्यक खाद्यान्न र वसोबासका सामाग्रीहरू) वितरण गर्याे । त्यसैगरी ली–बर्डले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यलयका तत्कालिन क्षेत्रीय प्रशासक श्री दिनेश कुमार थपलिया मार्फत ३ लाख ५ रूपैंयाकाे चेक हस्तान्तरण गर्यो l
  • ली–बर्डले भूकम्प प्रभावित परिवारहरूको खाध्य र पाेषण सुरक्षाका लागि सिन्धुपाल्चाेक, दाेलखा, रामेछाप, खाेटाङ, अाेखलढुङ्गा र सिन्धुलीका ६६ हजार ४ सय १७ भूकम्प प्रभावित कृषक परिवाहरुलाई लक्षित गरी पारिवारीक कृषि पुनर्निर्माण कार्यक्रम सञ्चालनमा ल्याएको छ l यसका लागि स्वीस सरकार विकास सहयोग (SDC) र विकास काेष नर्वे (DF, Norway) ले अार्थिक सहयाेग उपलब्ध गराएको छ ।
  • ली-बर्डको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित १५ वटा सामुदायिक बीउ बैंकहरूले संरक्षण गरिरहेका ६२ प्रजातीका ९ सय १६ स्थानीय जातहरुको परस्थानीय संरक्षण (Ex-situ Conservation) का लागि खुमलटार स्थित राष्ट्रिय जीन बैंकलाइ हस्तान्तरण गरिएको छ l ती सामुदायिक बीउ बैंकहरुबाट बार्षिक रूपमा १० हजार भन्दा बढी कृषकहरु लाभान्वित भइरहेका छन् l याे पहल विकास काेष नर्वे (DF, Norway) काे सहायतामा सम्भव भएकाे हाे ।
  • ली–बर्डले कृषि विकास मन्त्रालय अन्तर्गतकाे कृषि विभागसँगकाे सहकार्यमा ‘घरबगैंचा परियाेजना चाैथाै चरण’ लार्इ विभिन्न सरकारी तथा गैरसरकारी साझेदार सङ्घ-संस्थाहरूसँगकाे साझेदारीमा नेपालका २० वटा जिल्लाहरू (खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, महोत्तरी, धनुषा, सिरहा, बर्दीया, दाङ, रोल्पा, सल्यान, दैलेख, जाजरकोट, जुम्ला, कालीकोट, आछाम, बैतडी, डँंडेलधुरा, डोटी र कैलाली) मा सञ्चालनमा ल्याएको छ । यस कार्यक्रम मार्फत ली-बर्डले विकास गरेको घरबगैंचा व्यवस्थापनको अवधारणा नेपाल सरकारको बार्षिक कार्यक्रम अर्थात ‘रातो किताब’ मा समाहित भएको छ l घरबगैंचा व्यवस्थापन कार्यक्रमको मुख्य उद्देश्य व्यवस्थित घरबगैंचा प्रणालीका माध्यमबाट खाध्य विविधता बढाई पारिवारिक पोषणमा टेवा पुर्याउनु रहेको छ । यस कार्यक्रमलाई स्वीस सरकार विकास सहयोग (SDC) ले आर्थिक सहयोग प्रदान गरेको छ ।
  • धौलागिरी क्षेत्रमा सञ्चालित बहुसरोकारवाला वन कार्यक्रमले बनमा आधारित उधम मार्फत १६ सय रोजगारीको श्रृजना गरेको छ भने १७ हजार घरधुरी जलवायु अनुकूलनका कार्यक्रममा समावेश भएका छन् । उक्त कार्यक्रम मार्फत १६५ हेक्टर वनक्षेत्रमा बृक्षारोपण गरी काष्ठ र गैरकाष्ठ वन पैदावरहरुको विस्तार गर्नुका साथै ५ हजार विपन्न घरधुरीको एकीकृत घरबगैंचा कार्यक्रम मार्फत पारिवारीक पोषणका श्रोतहरुमा पहुँच पुगेको छ । म्याग्दीको भुरुङ तातोपानी खण्डको कालीगण्डकी नदीमा तार रहित बाढी पूर्व सूचना प्रणालीको स्थापना गर्नु कार्यक्रमको विशेष उपलब्धी हो । यी उपलब्धीहरू स्वीस सरकार विकास सहयोग (SDC), बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास विभाग (DFID) र फिनल्याण्ड सरकार (Finland Government) काे आर्थिक सहयोगमा सम्भव भएकाे हाे ।
  • आर्थिक बर्ष २०७१/७२ मै जलवायु र विकास ज्ञान सञ्जाल (CDKN) र अन्तर्राष्ट्रिय कृषि अनुसन्धानमा परामर्श समूह (CGIAR) काे अनुसन्धान कार्यक्रम जलवायु परिवर्तन, कृषि र खाध्य सुरक्षा (CCAFS) सँगकाे साझेदारीमा जलवायु मैत्री कृषि (CSA) र जलवायु अनुकूलन गाउँ (CSV) नामक अनुसन्धानमूलक परियाेजनाहरू सञ्चालनमा अाएका छन् ।
  • ली–बर्डले हासिल गरेका असल अभ्यास, प्रविधि र सिकाइहरू माार्फत सराेकारवालाहरूकाे क्षमता अभिवृद्धि गर्नका लागि ली–बर्ड सर्टकाेर्षकाे (LI-BIRD Short Courses) थालनी गरेकाे छ ।
  • ली-बर्डले आफ्ना परियोजनाहरुलाई थप व्यवस्थित र परियोजनाले सञ्चालन गर्ने विकास तथा अनुसन्धानमूलक क्रियाकलापहरुको गुणस्तरीयता वृद्धिका लागि परियोजना सञ्चालन भइरहेका ३८ जिल्लाहरुलाई पूर्व, मध्य र पश्चिम क्षेत्रहरूमा विभाजन गरि क्षेत्रीय समन्वयन समिति (Cluster Coordination Committee) मार्फत परियोजनाका सिकाईहरूको विस्तार र व्यवस्थापकीय तथा प्राविधिक समस्याहरुको समाधान गर्ने कार्यको थालनी गरेकाे छ ।
  • अार्थिक बर्ष २०७१/७२ मा जिल्ला विकास समिति, कास्कीले ली–बर्डलाई कास्की जिल्लाको उत्कृष्ट गैरसरकारी संस्थाको रूपमा सम्मान गरेको छ । जिल्ला विकास समितिको २३ औं जिल्ला परिषद्मा कास्की जिल्लाको विकासमा योगदान पुर्याउने सङ्घ–संस्था तथा व्यक्तिहरुलाई सम्मान गर्ने क्रममा गैरसरकारी संस्थाहरूकाे तर्फबाट कृषि, जैविक विविधता, वातावरण, प्राकृतिक स्रोत व्यवस्थापन र जिविकोपार्जनको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याए बापत ली–बर्डलाई सम्मान गरेको हो ।

आगामी दिनमा ली-बर्ड समुदायका निम्नवर्गका घरपरिवारको जिविकोपार्जन सुधारका लागि चेतना, सिप र दक्षता विकासका लागि अझै तत्पर, जुझारू र जिम्मेवार संस्थाको रुपमा अघि बढ्ने छ l अन्तमा, २१ बर्षसम्मकाे यात्रामा हामीलार्इ साथ दिनुहुने सम्पूर्ण विकास साझेदार संस्था, सराेकारवाला, साझेदार सङ्घ संस्था, सञ्चार गृह, लक्षित समूह तथा कर्मचारीहरू सबैलार्इ निरन्तर सहयाेग र साथका लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छाैं । त्यसै गरी नेपाल सरकार र समाज कल्याण परिषद्लार्इ हाम्राे कामप्रति देखाउनु भएकाे सद्भाव र प्राेत्साहनका निम्ति हार्दिक अाभार व्यक्त गर्न चाहन्छाैं l यहाँहरुको साथ निरन्तर रहिरहने कुरामा ली–बर्ड विश्वस्त छ ।

थप जानकारीका लागिः
महेश श्रेष्ठ, सूचना तथा सञ्चार अधिकृत, ली–बर्ड, गैह्रापाटन, पोखरा
फोन नं.  ०६१–५३५३५७, ५२६८३४, माेबाइलः ९७५६०००३८२, फ्याक्सः ०६१–५३९९५६, इमेलः info@libird.org

Download PDF