रैथाने धानका ४४ जात तथा पोखरेली जेठोबुढो स्रोत बीउ जीन बैंकलाई हस्तान्तरण

२०८३ असार ३० गतेका दिन अन्नपूर्ण गाउँपालिकामा संरक्षित रैथाने बालीका परिग्रहण दीर्घकालिन संरक्षणका लागि राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जीन बैंक) लाई हस्तान्तरण कार्यक्रम सम्पन्न गरियो। उक्त कार्यक्रम बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रको आयोजना तथा अन्नपूर्ण सामुदायिक बीउ बैंक, लीबर्डद्वारा संचालित पर्यावरणीय कृषि प्रवर्द्धन कार्यक्रम (CRA-III)अन्नपूर्ण गाउँपालिका र राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रको समन्वयमा भएको थियो। प्रगतिशिल कृषि उत्पादक सहकारी संस्थाका अध्यक्षको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रमुख आथित्यता अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष श्री बिष्णु बहादुर के.सी.ले गर्नु भयो। हस्तान्तरण कार्यक्रममा बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका प्रमुख श्री केशव देवकोटा सहितको टोलीअन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष श्री चन्द्रकला देवकोटा अधिकारीवडा नं १२ र ३ का वडा अध्यक्षहरु र कृषि शाखाका श्री मनोज कठायतजीन बैंकका डा. मुकुन्द भट्टराई र लीबर्डका टिम लिडर श्री जेनी श्रेष्ठ सहितको टोली,  सामुदायिक बीउ बैंकका सदस्यहरु सहित ४० जनाको उपस्थिति रहेको थियो ।  

कार्यक्रममा अन्नपूर्ण सामुदायिक बीउ बैंकमा संरक्षित ४४ वटा स्थानीय धानका जातहरु र लीबर्डले संरक्षण र प्रवर्द्धन गर्दै आएको पोखरेली जेठोबुढोको स्रोत बीउको ६ वटा लाईनहरुको पासर्पोट तथ्यांक सहित गाउँपालिकाका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि श्री बिष्णु बहादुर के.सी मार्फत जीन बैंकलाई हस्तान्तरण गरियो । कार्यक्रममा वडा नं ३ का अध्यक्ष श्री फडिन्द्र प्रसाद पौडेलजिन बैंकका डां मुकुन्द भट्टराईगाउँपालिका उपाध्यक्ष श्री चन्द्रकला देवकोटा अधिकारीबाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रका प्रमुख श्री केशव देवकोटा र गाउँपालिकाका प्रमुख श्री विष्णु बहादुर के.सी. मन्तव्य राख्नु भएको थियो । गाउँपालिकाका अध्यक्षले स्थानीय जातहरुको संरक्षण र  प्रवर्द्धनमा विभिन्न सरोकारवालहरुको सहयोगलाई मुक्तकण्ठले प्रशंशा गर्दै आगामी दिनमा गाउँपालिकाले निरन्तरता दिने प्रतिवद्धता जनाउनु भयो। कार्यक्रममा अन्नपूर्ण सामुदायिक बीउ बैंकको स्थापना प्रक्रियाहाल सम्म गरिएका गतिविधिहरु साथै कार्यक्रमको उदेश्य बारेमा लीबर्डका बरिष्ठ कार्यक्रम अधिकृत श्री इन्द्र प्रसाद पौडेलले जानकारी गराउनु भयो।