स्रोतविहीनहरूका ऋणमाथिको पहुँचलाई सर्भसुलभ बनाउने मूल्यश्रृङ्खला विकास काेष
Screenshot 2022-08-17 153438
Year

August 2019

Description

याे अध्ययन प्रतिवेदन सृजनात्मक ग्रामीण वित्तिय नमूनाको सारांश रूप हो जसलाई मूल्यश्रृङ्खला विकासका कार्यक्रमहरू उजागर गर्ने हेतुले विकास गरिएको हो । यस विकास कार्यक्रमको मुख्य लक्ष्य भनेको नेपालको सल्यान जिल्लाका अती गरिव महिला समूहहरूमा आर्थिक सशक्तिकरण गर्नु हाे । यो कार्यलार्इ BMZ र वेल्टहङ्गरहील्फे (WHH) काे आर्थिक सहयोग रहेकाे थियाे भने यसलार्इ ली–बर्डले कार्यान्वयनमा ल्याएकाे थियाे। प्रायजसाे विकासमूलक क्षेत्रमा निजी वित्तिय संस्थाहरूकाे लगानी रहने वा प्रत्यक्ष आर्थिक सहायता रहने वातावरण कमै हरकाे पार्इन्छ। ली–बर्डले विकास गरेको मूल्यश्रृङ्खला विकास कोष (VCDF) नमूनाले मूल्यश्रृङ्खला विकासका गतिविधिहरूमा निजी क्षेत्रको सहभागिता हुँदा देखिने समस्याहरू न्यूनि करण गर्ने प्रयास गरेकाे छ । मूल्यश्रृङ्खला विकास कोषअन्तर्गतको परियोजनाले एक लाख नगद बराबरको रकम छुट्याउँदछ जुन रकम बैङ्क तथा वित्तीय संस्थाहरूले लक्षित समूहहरूलाई धरौटी बिना ऋण दिन धरौटी रकमका रूपमा प्रयोग गर्ने गर्दछ न् । सो रकम जम्मा गरिएको रकमभन्दा तीन गुनासम्म बढी हुने गर्दछ । तर सल्यान जिल्लामा हामीले गरेकाे अनुभव अनुसार बैङ्क तथा वित्तीय संस्थाहरूलाई जोखिम रहित स्रोतविहीनहरूका ऋणमाथिको पहुँचलाई सर्भसुलभ बनाउने मूल्यश्रृङ्खला विकास काेष 2 प्रणालीको आवश्यकता नरहेको र प्रथम चरणमा उनीहरूलाई सक्रिय कृषक समूहको बारेमा सूचना, उनीहरूसँगको सम्पर्क, यातायता र आकस्मिक खर्च र सम्भव रहेसम्म केही रकम विकट ठाउँहरूमा कार्यालय सुरु गर्दा लाग्ने रकमको आवश्यकता रहेको छ । निजी क्षेत्र जस्तै महिला सहयात्रा लघु वित्तिय संस्थासँगको साझेदारीका कारण ५५२ जना महिलाहरूले डेढ बर्षभित्र ३० लाख भन्दा बढी रकमको ऋण लिन सफल भएका छन् । फलस्वरूप, उनीहरूले सो रकम प्रत्यक्ष रूपमा बाख्राकाे मूल्यश्रृङ्खला (५४.५%), तरकारी खेती (३.२%) तथा अन्यमा (४२.३%) लगानी गरेका छन् ।