Description
अमेरिका र महाभारत क्षेत्रमा उत्पत्ति भएको मानिएको लट्टे (Amaranthus spp. L.) संसारमा पाइने विभिन्न पुराना बालीमध्ये एक हो । महाभारत हिमश्रृङ्खला र मध्य तथा दक्षिण अमेरिकी देशहरूमा परापूर्वकालदेखि नै लट्टेकाे खेती एवम् प्रयोग हुने गरेको पाइन्छ । रैथाने बाली भएकै कारणले नेपालका विभिन्न ठाउँमा यसलाई विभिन्न नामबाट चिन्ने र प्रयोग पनि फरक फरक तरिकाबाट हुने गरेको पाइन्छ । तराई तथा भित्री मधेसमा यसलाई ‘रामदाना‘ भनिन्छ भने पहाडी क्षेत्र मा ‘लट्टे‘ वा ‘लुँडे‘, उच्च पहाड र विशेष गरी कर्णाली एवम् सोभन्दा पश्चिमका क्षेत्रमा ‘मार्से‘ तथा सुदुर पश्चिमको बैतडी, दार्चुलाति र यसलाई ‘बेत‘ वा ‘बेथे‘ भन्ने गरिन्छ ।