कृषि उपज सड्ढलन केन्द्रको अवधारणा, स्थापनाका चरण र प्राप्त प्रतिफलहरू
Screenshot 2022-08-17 154218
Year

August 2019

Description

ग्रामीण क्षेत्रका कृषकहरूले निरन्तर र ठूलो परिमाणमा वस्तुहरूको उत्पादन गर्न नसक्दा ती वस्तुहरूको खरिद गर्न व्यापारीहरू कृषकको खेतबारीसम्म पुग्न सकिर हेका छैनन् । उत्पादित वस्तुहरू आफैले ढुवानी गरी बजारीकरण गर्दा लागत बढ्ने र नाफा कम हुने हुँदा कृषकहरू निरुत्साहित बनेका छन् । साथै पछिल्लो समय ठूला शहर नजिकका ग्रामिण क्षेत्रहरूमा सडक सञ्जालको तिव्र गतिमा विस्तार भएको देखिन्छ तथपि यातायात व्यवस्था प्रतिष्पर्धी र नियमित हुन नसक्दा वस्तुहरूको ढुवानी महङ्गो पर्न गएको देखिन्छ । यस्तो अवस्थामा कृषक र व्यापारीहरूको बिच रहेर बजारीकरणलाई सहजीकरण गर्न सङ्कलन केन्द्रको निर्माण र सञ्चालन गर्न आवश्यक देखिएकाले ली–बर्ड तथा विभिन्न साझेदार संस्थाहरूको सहकार्यमा सल्यान जिल्लामा कार्यान्वयन गरिएको ‘सल्यान जि ल्लाका सीमान्तकृत समूहको जीविकोपार्जन सुधार परियोजना’ ले सङ्कलन केन्द्रको सफल सञ्चालन गरी बजारीकरणमा सहयोग गरेको थि यो । ग्रामिण क्षेत्रका कृषकहरूले उत्पादन गरेका कृषि उपजहरूको सङ्कलन केन्द्र मार्फत गरिएको बजारीकरणमा ली–बर्डले हासिल गरेको अनुभव र सिकाई अन्य क्षेत्रमा पनि बिस्तार गर्न सकिने महशुस गरी यो लेख तयार पारिएको हो ।