कथा परिवर्तनकोः भाडाको जग्गामा तरकारी खेतीमार्फत आयआर्जन गर्दै दलित महिलाहरू
Screenshot 2022-08-17 155413
Year

August 2019

Description

आर्थिक रूपमा सवल वर्ग विस्तारै कृषि पेशाको विकल्पका रूपमा अन्य पेशा अपनाउँदै गरेको पार्इन्छ । जसको कारण एकाति र यो वर्गको स्वामित्वमा रहेको जग्गा बाँझो रहँदै आएको छ भने अर्कोति र उब्जाउ जमिनमा पहुँच नभएकै कारण आर्थिक रूपले विपन्न समुदाय कृषि जन्य उत्पादनमा संलग्न हुन सकि रहेका छैनन् । यस्तो अवस्थामा जग्गा नभएकाहरूले जग्गा हुनेबाट जग्गा भाडामा लिएर व्यावसायिक खेती गर्न सकेको खण्डमा उब्जाउ हुने जमिनको समूचित प्रयोग हुनाका साथै विपन्न समुदायले कृषि उत्पादनमार्फत जिविकोपार्जनमा सुधार ल्याउन सक्छन् । साथै जग्गाधनीले समेत त्सबाट प्रत्यक्ष लाभ लिन सक्छन् । यही कुरालाई ध्यानमा राखी सल्यान जिल्लाको कालीमाटी गाउँपालि का वडा नं ३ का २० जना जाँगरिला महिलाहरूले स्थानीय सरकार तथा विभिन्न सहयो गी सङ्घ–संस्थाहरूको सहयोग तथा समन्वयमा जग्गा भाडामा लिई व्यावसायिक रूपमा तरकारी खेती गरी उदाहरणीय काम गरेका छन् ।