कथा परिवर्तनकाः डाले घाँस नर्सरीबाट राम्रो आम्दानी

Authors:

Uddab Karki
Screenshot 2022-08-17 163456
Year

May 2019

Description

सामान्य कृषि पेशाबाट जीवन निर्वाह गर्दै आएका सल्यान जिल्ला बनगाड निवासी खिमबहादुर कुँवरको परिचय फेरिएको छ । गाउँमा उनी डाले घाँस नर्सरी व्यवसायीका रुपमा चिनिन थालेका छन् भने नर्सरीबाट उनको परिवारले मनग्गे नगद आम्दानी पनि आर्जन गरिरहेको छ । यसको श्रेय उनी जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड), नेपाल ग्रामीण पुनर्निर्माण संस्था (RRN) र आसमान नेपालको साझेदारीमा सञ्चालित जीविकोपार्जनका लागि मूल्यशृङ्खला तथा पोषण सुधार परियोजनालाई दिन चाहन्छन् । परियोजनाको सानो सहयोग र खिमबहादुरको परिवारको मिहिनेतले नर्सरी शुरु गरेको पहिलो वर्षमा नै उनले ६१ हजार रुपैयाँ कमाउन सफल भए ।