Description
जङ्गली खानयोग्य वनस्पति भन्नाले गैरखेती गरिएका तर मानिसले विभिन्न रुपमा खाने गरेका वनस्पतिलाई बुझिन्छ । यी वनस्पतीहरू खेतबारीका (कान्ला, डिल, कुलो), चरण क्षेत्र र वनमा आफैं उम्रने हुर्कने, फूल्ने तथा फल्ने गरेका हुन्छन् । यस्ता वनस्पतिलाई मौसम र आवश्यकता अनुसार स्थानीय समूदायले मसला, तरकारी, फलफूल र औषधिका रुपमा उपभोग गर्नका लागि सङ्कलन गर्दछन । उदाहरणका लागिः लुंडे, बेथु, सिस्नो, अल्लो, काफल, ओखर, ऐंसेलु, जामुनो, कुरिलो निगुरो, कर्कलो, जंगली च्याउ, चुत्त्रो तिंदु, ठेकीफल आदि ।